टीकापुर

टीकापुरको शाहीपुरमा युवकको लाश भेटियो

बिज्ञापन

टीकापुर । टीकापुर नगारपालीका– ५ शाहीपुरको पूर्वपट्टी रहेको कर्णाली नदीमा एक युवकको लाश भेटिएको छ । आज बिहान करिब ९ बजेर ४५ मिनेट जाँदा अन्दाजी २८ देखि ३३ वर्षको देखिने कालो ज्याकेट, निलो जिन्स पईन्ट र खुट्टामा केहि नलगाएको उत्तानो परेको युवकको लाश शाहीपुरको नजिक कार्तिकमा बाढिले तटबन्धन भत्किएको ठाउँ कर्णाली नदीको छेउमा भेटिएको जानकारी नगर प्रहरी पहल शाहले मालिका समाचारलाई बताएका छन् ।

टीकापुरका प्रहरी डी.एस.पी. प्रकाश सापकोटासंग लाशको बारेमा थप कुरा बुझ्न खोज्दा उहाँले लाशलाई नदीले माथिबाट बगाएर ल्याएको हुनसक्ने बताउनुभयो । उनले भने ‘करिब तीन/चार दिन पहिले युवकको मृत्यु भएर नदीले बगाएर ल्याएकोे हुन सक्ने र मृतकको आफै मृत्यु भएको हो वा कसैले हत्या गरेर फालेको हो भन्ने कुरा अहिलेसम्म कुनै जानकारीमा नआएकोले अनुसन्धान भइरहेको बताउनुभयो ।’

मृतकको अहिलेसम्म सनाखत भएको छैन र लाशलाई ईलाका प्रहरी कार्यलय टीकापुरको नियन्त्रणमा राखिएको छ ।

बिज्ञापन
बिज्ञापन