June 5, 2023

मालिका समाचार

देशकाे ऐना

पक्की घर पाएपछि टीकापुरका विपन्न परिवार खुसी

टीकापुर । पक्की घर पाएपछि टीकापुरका विपन्न परिवार खुसी निकै खुसी भएका छन् । १५ घरधुरीलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

विपन्न दलित परिवारका लागि नगरपालिकाको समन्वयमा आर्थिक वर्ष २०७६/७७ मा ७ वटा घर निर्माण भएका थिए भने आर्थिक वर्ष २०७७/७८ मा ८ घर निर्माण भएका थिए। प्रदेश सरकारको विषेश अनुदानमा निर्माण भएका घर निर्माणको लागि प्रति घर करिब ९ लाख खर्च भएको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । “वडाका ती विपन्न दलित परिवारको अवस्था निकै कष्टकर थियो। वडाको जग्गामा उहाँहरु बस्दै आउनुभएको थियो”, वडा अध्यक्ष ठकुल्लाले भने, “यसलाई हामीले निरन्तरता दिने तयारी गरेका छौँ। पालिकामा भएका अति विपन्न परिवारको व्यवस्थापनका लागि स्थानीय सरकार प्रतिबद्ध छ।”

नगरप्रमुख तपेन्द्रबहादुर रावलले आर्थिक अवस्था निकै कमजोर भएका परिवारलाई राहत हुने गरी जनता आवास कार्यक्रम सञ्चालन गरिएको बताए। “आर्थिक रुपमा विपन्न नागरिकलाई यसैगरी जनता आवास कार्यक्रमअन्तर्गत आवास निर्माण गर्दै जाने छौँं। त्यसका लागि नगरपालिकाले गर्नुपर्ने कामका लागि सधैँ अग्रसर रहने छ”, नगरप्रमुख रावलले भने, “एकैपटक सबैको आवश्यकता पूरा गर्न नगरपालिकाको आर्थिक अवस्थाले पनि भ्याउदैन। आफ्नो स्रोतसाधन अनुसार नागरिकको आवश्यकतालाई पूरा गर्दै लगिने छ।” नगरप्रमुख रावलले चालु आर्थिक वर्षमा नगरपालिका–६ को पर्सेनीमा जनता आवास कार्यक्रम अन्तर्गत १८ घरको शिलान्यास भएर काम अगाडि बढाइएको बताएका छन्।

विज्ञापन