June 6, 2023

मालिका समाचार

देशकाे ऐना

रिपोर्ट नआउदै जबर्जस्ति घर गएका थप २ जनाको रिपोर्ट पोजेटिभ

टीकापुर ६ असार
टीकापुर नगरपालिका वार्ड नम्बर १ का थप २ जनामा काेराेना पाेजिछिभ देखिएकाे छ ।
विरेन्द्र विद्दामन्दिर मा.वि कोक्वारेन्टाइनमा रहेर केही दिन mअघि जबर्जस्ति घर गयकाहरु मध्य २ जनालाई काेराेना पाेजिटिभ देखिएकाे छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

टीकापुर १ काे सतघरुवाका एक जना र एकतापुर शिविर का एक जना गरि २ जनामा कोरोना पोजेटिभ देखिएको स्राेतले जनाएकाे छ । यश अघि नै टीकापुर नगरपालिका वार्ड नम्बर २को जन जागृति मा वि क्वारेन्टाइनमा रहेका ८ जनामा पनि यसरी नै घर गैसके पछि पोजेटिभ आएको थियो अहिले उनीहरु आइसोलेसन मा रहेका छ्न । पछिल्लो पटक पोजेटिभ आएका हरुको गाउँ सिल गर्न प्रहरी गैसकेको स्रोतले बताएको छ।

टीकापुर नगरपालिकाले उनिहरुले स्वाब संकलन गरेर समयमा नै पठाएपनि रिपाेर्ट अाउन ढिलाई भयका कारण उनिहरु कुर्न नमानेर जबरजस्ति घर गएकाे बताईएकाे छ ।

विज्ञापन