टीकापुर

जनप्रतिनिधिहरु निर्वाचित भैसकेपछि सबै सदस्यले कानून अनुसार आफूले पाएको जिम्मेवारी पूरा गर्नुपर्ने- टीकापुर नगर प्रमुख

बिज्ञापन

टीकापुर, १६ माघ । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जनप्रतिनिधिहरु निर्वाचित भैसकेपछि सबै सदस्यले कानून अनुसार आफूले पाएको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भएको छ । टीकापुर नगर सभाका सदस्यलाई अधिवेशनको बैठक सञ्चालन र निर्णय प्रक्रियामा सहभागी हुन सिकाउने उद्देश्यले भएको कार्यशालाको आइतबार समापन गर्दै प्रमुख थारुले यस्तो बताउनु भएको हो ।
नगरप्रमुख थारुले यस अघिका अधिवेशन पूर्णरुपमा कानुनम्मत हिसावले सञ्चालन गर्न नसकेको महसुस गर्दै आउने माघ २१ गते हुने सभामा वास्तविक अभ्यास गरिने बताउनु भयो ।
कार्यक्रममा वडा सदस्यहरुले कुनै जिम्मेवारी नपाएको, कानूनतः गर्नुपर्ने कामहरु नगरेको, कार्यपालिका र सभाले गठन गरेका समितिहरु निष्क्रिय रहेको गुनासा आएका थिए । दुईदिनसम्म चलेको कार्यक्रममा सभाको बैठकको तयारी, सञ्चालन, निर्णय प्रक्रिया र संसदीय अभ्यासका बारेमा सैद्धान्तिक छलफल र अभ्यास गराइएको छ ।
समापन कार्यक्रममा कार्यपालिका सदस्य कैलाशपति चौधरीले सभामा सहभागी हुँदा सदस्यले गर्नुपर्ने भूमिकाका बारेमा जानकारी पाएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सभाका अधिकृत युवराज जैशी र अधिवक्ता झँकरबहादुर कुँवरले नगर सभाका सदस्य र सभामा खटिने कर्मचारीहरुलाई विषयगत र प्रयोगात्मक अभ्यासहरु गराउनु भएको छ । 

बिज्ञापन
बिज्ञापन