टीकापुर

टीकापुरमा बालिका बलात्कार गरेको आरोपमा विरोध प्रदर्शन

बिज्ञापन

टीकापुर, २० पुस । टीकापुरमा बालिका बलात्कार गरेको आरोपमा विरोध प्रदर्शन गरिएको छ । गत शनिबार टीकापुर नगर पालिका वडा नं. ५ मा रहेको केराबारीमा लगेर स्थानीय ९ वर्षिय बालिकाको सोही वडामा बस्ने प्रेम शाहीले बलात्कार गरेको आरोप लगाइएको छ । कथित अरोपी शाही बलात्कार गरिसकेपछि थाह हुन्छ भनेर त्यस दिनदेखि फरार रहेका छन् । प्रहरीले निजको खोजतलास तिब्र पार्दापनि हालसम्म पक्राउ गर्न सफल भएको छैनन् ।


अहिलेसम्म प्रहरीले कथित आरोपि शाहलाई पक्रन नसकेको विरोधमा टीकापुर बस पार्कदेखि खड्क चोकसम्म विरोध रयालीको आयोजनागरि अन्तमा खड्क चोकमा कोण सभामा परिणत भएको थियो । कोणसभामा टीकापुर समाजले आरोपिलाई यथासक्य चाँडो पक्राउ गर्न र पिडितलाई न्याय दिलाउन सबै टीकापुर वासी अगाडि आउन आव्हन गरेको छ ।
बालिकालाई नक्लीपुर (टीकापुर पार्क) स्थित निजकै केराबारीमा घरमा कोहि नभएको बेला बालिकालाई जबरजस्ती लगेर प्रेम शाहीले बलात्कार गरेको पिडित बालिकाकी आमाले बताएकी छिन् । आरोपि शाहीको तिब्ररुपमा खोजतालस भइरहेको ईलाका प्रहरी कार्यलय टीकापुरले बताएको छ ।

बिज्ञापन
बिज्ञापन