अनौठोटीकापुर

टीकापुरले मनायो दिपावली सहितको आठौं संविधान दिवस

बिज्ञापन

निशान्त काफ्ले टीकापुर /टीकापुर नगरपालिका,टीकापुर जेसीस तथा युवा संघनेपाल टीकापुर नगरको सयुक्त आयोजनामा टीकापुरमा दीप प्रज्वलित गरेर दिपावली सहितको आठौं संविधान दिवस मनाएको छ ।

सो अवसरमा कार्यक्रममा शुभकामना सहित आफ्नो धारणा राख्दै टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले देशको अवस्था फेरिए पनि आम नागरिकको व्यवस्था नफेरिएकोले राजनितिक दल, जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीको महत्वपुणर् योगदान रहने बताउनुभयो । साथै संविधानमा रहेका केहि अपुरा कुराहरूले आगामी दिनमा पुर्णता पाउने बताउदै व्यवस्था कहिले पनि खराव नरहने भएकाले कार्यान्वयनको निम्ति सन्दर्भमा सबैले इमानदारीपुर्बक एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले व्यवस्थाले परिकल्पना गरेका काम र सु-शासन कायम गर्नका लागि आफ्नो तर्फवाट कुनै कञ्जुस्याई नहुने बताउनुभयो ।

पूर्व नगर प्रमुख तपेन्द्रबहादुर रावलले देशमा संविधान कार्यान्यवनको इतिहास धेरै लामो नरहेको र कार्यान्यवनका लागि प्रारम्भिक चरणमा रहेकाले चुनौती पनि रहेको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकारलाई कार्यान्यवनका सबैको महत्त्वपूर्ण योनदान रहने बताउदैे संविधान सफलरुपमा अगाडी बढ्नेमा विश्वास व्यक्त गर्नुभयोे ।
कार्यक्रमको सञ्चालन टीकापुर नगरपालिकाका प्रशासकिय अधिकृत रञ्जु आचार्यले गर्नुभएको थियो भने टीकापुर नगरपालिका जनप्रतिनिधि कर्मचारी ,विभिन्न राजनीति दलका प्रतिनिधि ,बुद्धिजीवी लगायत युवाहरूको बाक्लो उपस्थित रहेको थियो ।

बिज्ञापन
बिज्ञापन