टीकापुर

स्थानीय चुनावमा भाग लिन प्रवासी नेपालीहरु नेपाल भित्रिदै

बिज्ञापन

टीकापुर । टीकापुर बस्ने राम बहादुर शाही दुई वर्ष पहिले भारतको मुम्बईमा नौकरी गर्न भएका थिए । उनले त्यहाँ बसेर दुःख–सुख गरेर केहि पैसा आर्जन गरे । प्रवासमा बस्दा पनि उनले नेपालको राजनीतिक चासो भने छोेडेनन् । बिहानै उठेर गाडी सफा गरेर आफ्नो काम सिध्याए पछि उनले दुई घण्टा आफ्नो मोबाईलमा नेपालको समाचार, राजनीतिक विषय–वस्तुतिर उनको ध्यान दिने बानी थियो । उनी नेपालको कुनै एक दलको नेता पनि थिए । अहिले नेपालमा स्थानीय चुनाव आएकोले आफूपनि नेपालको नागरिक भएकोले भोट हाल्न प्रचार–प्रसारमा सहयोग पुरयाउन नेपाल आएको कुरा मालिका समाचारलाई बताउँछन् । त्यस्तै भारतको राजधानी दिल्लीको एउटा होटलमा तीन वर्षदेखि काम गर्दै आएका भजनी बस्ने राजाराम चौधरी भन्छन्– ‘मलाई राजनीतिक चासोका कुराहरु निकै मन पर्छ । समय–समयमा हुने नेपालीहरुको कार्यक्रममा पनि भाग लिदै आएको छु । अहिले नेपालमा बैशाख ३० गते चुनाव भएकोले मेरो आफ्नै दाजु वाडा अध्यक्षमा उठ्न लागेकोले सहयाग गर्न आफ्नो काम–धन्दा छोडेर नेपाल आएको हुँ ।’
यसरी चुनाव नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका छन् ।

उनीहरु फर्किन थालेसँगै सीमानाकामा चहलपहल बढेको छ । नेपाल–भारतको सीमा क्षेत्रमा ३० भन्दा धेरै नाका छन् । पशुपतिनगर, काकरभिट्टा, भन्टाबारी, भिट्टामोड, विराटनगर, कृष्णनगर, जमुनाह, बनबासा बेलहियालगायत मुख्य नाकामा पर्छन् । कैलालीको तिकुनयिाँ र धनगढी नाका हुँदै दैनिक सयौंको संख्यामा नेपालीहरु नेपाल भित्रिरहेको स्थानीयले जनाएका छन् ।

चुनावी चहलपहल सुरु भएसँगै एकीकृत सुरक्षा योजना अनुसार नै भारतसँग सीमा जोडिएका नाकामा पनि सुरक्षा सतर्कता बढाउन थालिएको गृह मन्त्रालयले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन