सहयोग तथा उदार

मानिसका मानिस हुन प्यारा, एक–अर्काको बनुन् सहाराको मूल मन्त्रलाई आत्मसाथ गर्दै सन्त निरंकारी मण्डल नेपालद्वारा राहत वितरण

बिज्ञापन

टीकापुर, ११ असोज । मानिसका मानिस हुन प्यारा, एक–अर्काको बनुन् सहाराको मूल मन्त्रलाई आत्मसाथ गर्दै सन्त निरंकारी मण्डल नेपालद्वारा राहत वितरण गरिएको छ । सन्त निरंकारी सत्संग भवन टीकापुरमा आयोजित राहत वितरण कार्यक्रमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले वडा नं. २ का उच्च जोखिममा परेका पाँच घर परिवारलाई राहत स्वरुप चामल, दाल, नून वितरण गर्नु भएको थियो ।

बिज्ञापन

उक्त अवसरमा उहाँले यो सानो राहतले पीडित पक्षलाई ठुलो रुपमा नभएपनि सानो सहयोग पुग्ने बताउँदै जबदेखि नेपालमा सन्त निरंकारी मण्डलको स्थपाना भयो त्यस समयदेखि विभिन्न क्षेत्रमा सहयोग वितरण गर्दै आइरहेको स्मरण गराउनुभयो । गत भदौ ३० र ३१ गते भएको अविरण वर्षाका कारण भजनी नगरपालिकामा बाढीले प्रभावित व्यक्तिहरुलाई राहत वितरण गरियो त्यही क्रममा आज टीकापुर नगरपालिका वाड नं. २ का अति जोखिम र धेरै प्रभावित भएका पाँच घर परिवारहरुलाई राहत स्वरुप चामल, दाल, नून आदि वितरण गरिएको छ । त्यस्तै यहि असोज ९ गते अछामको विनायक, ढकारी, तुर्माखानमा पहिरोबाट ८ जना परिवार पहिरोले ढाकिएर २२÷२३ जनाले ज्यान गुमाउनु परेको थियो, त्यस ठाउँमा सन्त निरंकारी मण्डल नेपालका अछाम जिल्लाका संयोजक जय बहादुर साउँद मार्फत राहत पठाएर ज्ञान प्रचारक नर बहादुर खड्का र स्थानीय सरकारका प्रतिनिधिहरुको रोहवरमा त्यहाँका पीडित परिवारलाई करिब रु. ९१ हजार बराबारको राहत हस्तान्तरण गरिएको बताउनुभयो ।

वडा नं. २ का वडा अध्यक्ष दीपक चौधरीले भदौं ३० र ३१ गते परेको अविरल वर्षाको कारण टीकापुर र भजनी नगरपालिकाका विभिन्न ठाउँमा क्षति पु¥यायो जसमा टीकापुर वाड नं. २ मा पनि यसको ठुलो असर हुनगयो, यहाँ धेरै मान्छेहरुको घर डुबानमा परे । उच्च जाखीममा परेका व्यक्तिहरुको पहिचान गर्नको लागि नेपाल रेडक्रस टीकापुर, टीकापुर वडा नं २ का भोलेन्टर, टीकापुर कार्यपालिकाको रोहवरमा सर्वे क्रममा पाँच घर परिवार उच्च जाखिमा परेको थाह भएपछि तिनीहरुको सहयोगको लागि सन्त निरंकारी मण्डल नेपाललाई आग्रह गर्दा उहाँहरुले हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार गरेपछि आज यो राहत सामग्री बितरण गर्न लागिएको बताउनुभयो ।

उहाँले सन्त निरंकारी मण्डलले नेपालमा विभिन्न क्षेत्रमा समय–समयमा गर्दै आएको सहयोगको प्रशंसा व्यक्त गर्दै जुन रुपमा सन्त निरंकारी मण्डलले आज विश्वमा विभिन्न दैविय प्रकोपबाट पीडित मानवहरुलाई मानविय सहायोग लागि अग्रिणी भूमिका निभाउँदै आइरहेको छ, त्यो प्रेरणा हामी सबै मानव जातिमा पनि जागृत हुनुपर्नेमा जोड दिनुभयो । वडा नं २ का विपत समितिका सदस्य हेमन्त रावलको विशेष पहलमा कार्यक्रमलाई अगाडि बढाउन सकेकोमा धन्यवाद दिदै आउँदा दिनहरुमा सम्पूर्ण संघ–संगठन, बुद्धिजीवी, सहयोगी दातालाई वढी पीडितहरुलाई चाँडोभन्दा चाँडो सहयोग गर्न अपिल समेत गर्नुभयो ।

उक्त अवसरमा राहत लिन आएका बाँधुराम चौधरीले आफ्नो दुःखेसो पोख्दै मालिका समाचारलाई भने अविरल भारि वर्षाका कारण आफ्नो छोरा राति सुतिरहेको समयमा काँचो माटोको ईटाको पर्खाल छोराको टाउकोमा खस्न पुग्दा सिकिस्त घाईते भइ टीकापुर अस्ताल लगिएको तर त्यहाँ पनि राम्रोसंग उपचार हुन नसकेर पूतपूर्व सैनिक स्कूलको एम्बूलेन्समा राखेर कोहलपुर मेडकल कलेजमा लगेर उपचार गराउँदा अलि ठीक भएको छ तर अहिलेपनि मानसिक शक्ति कमजोर, एकोहोरो टोल्याई रहने, बोल्न नसक्ने, आँखा कम देख्नुको साथै मुख बाङ्गो नै रहेको र पैसाको अभावमा छोराको राम्रोसंग उपचार गर्न नसकेको पिडा सुनाउनुभयो ।

राहत वितरण कार्यक्रममा सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारी, पूर्व शिक्षक तथा समाजसेवी बल बहादुर रावल, उद्योग व्यवसायी हेमन्त रावल, सेवादल शिक्षक बजिर सिंह, चन्द्र सिंह, भवन सिंह, लाल बहादुर रावल, तेज बहादुर बोहरा लगायत स्थानीय सन्तहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका क्षेत्रिय सेवादल संचालक नर बहादुर बटालाले गर्नुभएको थियो ।

बिज्ञापन