आस्था /आध्यात्म

टीकापुरको अस्नेहरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ महोत्सव शुरु.

बिज्ञापन

टीकापुर नगरपालिका वडा नम्बर ४ अस्नेहरमिा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ महोत्सव शुरु भएको छ । अस्नेहरीवाट सुरु भएको कालाशयात्रा टीकापुरको खडक चोक हुदै, शिवमन्दिरमा पुजा गरेर वसन्त, शाहीपुर हुदै सत्तिको प्रशुराम कुन्दको जल लिएर पदम प्रकाशेश्वर मन्दिरमा पुजा गरेर पुनह रामजानकी मन्दिर अस्नेहरीमा पुगेर कार्याक्रममा परिणत भएको थियो ।
सीताराम परिवारको मूर्ति स्थापना र राम जानकी मन्दिरको सर्वागिण विकासका लागि महायज्ञको आयोजना गरेको आयोजक रामजानकी मन्दिर दिगम्बर अखाडाले जनाएको छ । महायज्ञ यहि चैत्र १६ गतेसम्म सञ्चालनमा छ । महायज्ञमा अन्र्तरािष्ट्रय भागवत वाचक इश्वरभक्ति आश्रम बृन्दावन, इश्वरपे्रमी आश्रम टीकापुरका पिठाधिस श्री एक हजार आठ महामण्डलेश्वर स्वामी श्री इश्वर चैतन्यजी महाराजले भागवत वाचन गर्नुहुने छ ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले मनिस नैतिक र आध्यत्मिक शिक्षा बिना सही बाटोमा जाना नसकिने बताउनुभयो । उहाँले स्कुले शिक्षाले मनिसलाई सतर्माग दिन नसकिने भएकाले भगवतपुरण जस्तो धार्मिक कार्याक्रम समाजका लागि जारुरी रहेको बताउनुभयो । उहाँले रामजानकी मान्दिर भुमि अतिक्रमणले समस्यामा परेकोले यसको संरक्षणका लागि सबै जना लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अर्का प्रदेशसभा सदस्य लालीता सुनारले आजका बालबालिका दिन प्रति दिन कुलतमा फसिरहेकाले हरेक आभिभवाले आफ्ना बालबालिकालाई धार्मिक कार्याक्रममा सभागि बानई सही र्मागामा लैजाना अनुरोध गर्नुभयो । उहाँले रामजानकी मन्दिरलाई प्रदेश सरकारको तर्फावाट सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।
कार्यक्रममा रामजानकी मन्दिरका अध्यक्ष रामबली चौधरीले मन्दिरमा हाल रहेको रामजानकी मूर्ति खण्डित भएकाले सीताराम परिवारको मूर्ति स्थापना गरिने र पश्चिम नेपालकै जनकपुरधामको रुपमा रामजानकी मन्दिरलाई विकास गरिने बताउनु भएको छ । 
उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष लालविर चौधरी, नेपाली साँस्कृती समाजक अन्तराष्ट्रिय व्यक्ति हर्कबहादुर स्वाँर, स्वामी श्री इश्वर चैतन्यजी महाराज लागाएतले बोल्नु भएको थियो भने कार्याक्र सञ्चालन रमेश नेपालीले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन