घटना समाचारटीकापुर

टीकापुर बजारमा भएको चोरिमा संलग्न८ जना पक्राउ सामान सहित बरामद

बिज्ञापन

जेठ १७कैलाली टीकापुर बजार क्षेत्रमा दुई हप्ता देखि भैरहेको चोरीमा संलग्न रहेका ८ जना लाई प्रहरीको कडा प्रयास पछी पक्राउ गर्न सफल भएको छ।

बजारमा बन्दा बन्दी चलेको बेला लामो समय देखि बन्द रहेका पसल हरु बाट मोबाइल ,कपडा ,जुत्ता चप्पल लगायतका सामान तथा नगद चोरी भएको व्यापारी हरुको उजुरीको आधारमा प्रहरीले कडा निगरानी बढाउदै ८जना लाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ।

१४ गते राति बजारमा परिचालन गरेका सिविल पोसाकका प्रहरीले थप चोरी गर्ने प्लान बनाउदै गरेको अवस्थामा राजु बादी लाई पक्राउ गरे पछि चोरिएको सम्पुर्ण रहस्य खुलेको र चोरहरुको समुहको समात्न सफल भएको बताएको छ।

उक्त समुहमा मोरङका अनमोल बर्देवा गोदावरीका राजु बादी र टीकापुर १ एकता नगर शिविरका सागर सुनारले एकता नगर शिविरमै बसेर चोरी गर्ने प्लान बनाएको कुरा खुलासा भएको स्रोतले जनाएको छ।

बिज्ञापन

यसरी पक्राउ पर्नेमा मोरङ जिल्ला पत्थरी सनिश्चरे नगरपालिका २बस्ने बर्ष १९का अनमोल बर्देवा, कैलाली जिल्ला गोदावरी नगरपालिका ३ बस्ने बर्ष १८का राजु बादी ,टीकापुर नगरपालिका वडा नम्बर १ एकता नगर शिविर बस्ने बर्ष १८का सागर सुनार ,एकता नगर शिविर कै ओम परियार ,सुनिल परियार ,कमल सुनार पक्राउ परेका छन। पक्राउ परेका ६ जना बाट मोबाइल लगायत कपडा तथा जुत्ता चप्पल हरुपनी बरामद भएका छ्न।

चोरी गरेको सामान खरिद गर्ने २जना लाई पनि प्रहरीले पक्राउ गरेको छ यसरी पक्राउ पर्नेमा टीकापुर १एकता नगर शिविरका प्रेम बि.क,एकता नगरकै प्रकाश दमाई रहेका छ्न। चोरी भएका पसल तथा घर हरुमा टीकापुर १ बलभद्र चौक भावेश ट्रेडर्सबाट ,बलभद्र चौक नजिकै देव नारायण महतोको घर बाट ,नगरपालिका परिसरको सटरमा रहेको निर्जला ट्रेडर्स ,रितुराज ट्रेडर्स,चारचौतारी नजिक न्यु तनुजा ट्रेडर्स ,लगायत विभिन्न ६ठाउँ हरु रहेका छ्न

बैशाख १९ गते राति बाट सुरुभएको चोरी जेठ १२ गते सम्म टीकापुर बजारका ६ ओटा ठाँउमा चोरी भएको थियो चोर हरुले पसल हरुका सटर हरुलाइ अलि माथी उठाइ भित्र पस्ने गरेको र भित्र पसेर सामान चोर्ने र उक्त समुहका केहि व्याक्ती हरु बाहिर टाढा टाढा बाट निगरानी गर्ने गरेको पाइएको हो।

मोरङका अनमोल बर्देवा लगायत दिल्ली स्थितएक होटलमा काम गर्दा जान पहिचान भएर चोर हरुको उक्त समुह बनेको पनि खुल्न आएको छ । भारत को दिल्ली बाट साथै गड्डा चौकी हुदै नेपाल भित्रए पछि केहि दिन यता यतै बस्दै आएकोले स्थानीय बजारमा उक्त चोरको समुह सक्रिय भएको पक्राउ परेका व्याक्तीहरु बाट खुल्न आएको छ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply