20/10/2021

मालिका समाचार

देशको ऐना

३ वर्षीय बालकको दिदी पर्नेले गरिन हत्या

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

२४ असार ,कैलाली टीकापुरमा हराएका साढे ३ वर्षीय बालकको उनकी दिदी पर्ने बाट हत्या भएको सार्वजनिक भएको छ।
टीकापुर नगरपालिका १ ब्लक ८मनुवा रोड खाद्य गोदाम अगाडि घर भएका दिल्लिप बिष्टका साढे ३ बर्षका छोरा विवेक बिष्ट (गोलु)को हत्या भएको प्रहरीको अनुसन्धानले पुष्टि गरेको हो।
बिहिवार इलाकाप्रहरी कार्यलय टीकापुरमा एक पत्रकार सम्मेलन गर्दै कैलाली जिल्लाका प्रहरी उपरीक्षक बिश्व राज अधिकारीले घटना पुष्टि सर्वजनिक गरेका हुन।

साढे ३ बर्षिय बालक विवेकलाई नजिकै घर भएकी १५ बर्षकि उनकी दिदि पर्नेले पारिवारिक रिस,डाहाका कारण मार्ने योजना बनाइ करिब ५ सय मिटर उत्तर तर्फ रहेको जमरा कुलोमा धक्का दिई कुलोमा खसाली हत्या गरेको खुल्न आएको छ

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

घर बाट जामुन खान भनी करिब १३० मिटर टाढा बाटो छेउमा रहेको जामुनको रुखबाट जामुन खाने भनेर गएको रुखमा जामुन नभेटेपछि निजी बालक भाइ लाई घर तर्फ जाउ भन्दा बालकले घरजान नमानी नजिकै रहेको सधै खेल्ने ठाउ आफन्तको घरतर्फ जान्छु भनी जिद्दी गरेकोले निजी बालक भाइ लाई बाटो नजिक छोडी आफू त्यसको करिव ३००मिटर उत्तर तर्फ रहेको आफ्नो साथीको घरमा गइ किताब माग्न गएको उनकी दिदि पर्नेले प्रारम्भिक बयानका क्रममा बोलेको कुरा छ।

त्यसपछि किताब ल्याइ फर्किदा भाइलाई बाटोमा नदेखेको भाइको आमालाई आफन्तीको घरमा खेल्न गयोहोला, लिएर आउनु होला भनी आफू अर्को साथिको घरमा गएकोले भाइ र आफू जामुनको रुख तिर जादै गर्दा नजिकै एउटा अटो रिक्सा रहेको तर फर्किदा सो अटो रिक्सा त्यहाँ नरहेकोले भाइ लाई त्यो अटोरिक्सावालाले लगेको होला भनी प्रहरीको प्रारम्भिक अनुसन्धान लाई भ्रमित पारेर घटना सम्म नपुग्ने वातावरण सृजना गरेर समय धेरै लागेको पनि जिल्ला प्रहरी कार्यलय द्वारा जारी प्रेस विज्ञाप्तिमा उल्लेख छ।

प्रहरीले घटना लाई गम्भीरता पुर्वकलिदै सुदुर पश्चिम प्रदेश प्रहरी कार्यलय बाट तालीम प्राप्त (स्निफिङ) डगगरु तथा नेपाल प्रहरी प्रदेश कार्यलय कंचनपुर बाट समेत विशेषज्ञ टोली परिचालन गरिएको थियो ।

बुधबार बेलुका बालकको घर देखी करिब ५ किलोमीटर टाढा टीकापुर नगरपालिका ४ बाघमारा गोयली सामुदायिक उपभोक्ता वन विचमा रहेको जमारा कुलोको किनारा तर्फ रहेको वेतको झ्याङमा घोप्टो परेको अवस्थामा बालकको शव फेला परेको थियो । प्रहरीले आवस्यक कानुनी प्रक्रिया गरि बालकको शव पोस्टमाटमका लागी टीकापुर अस्पताल पठाइएको छ।
यसरी हत्या गर्नुको पछाडि पारिवारिक रीस र बालकले लगाएको चादिको बाला बेच्ने र केहि दिनमा काठमाडौ जाने लालच रहेको हुनसक्ने प्रहरीलाई प्राप्त प्रमाण र निजीको बयानले खुलासा भएको छ।

इलाका प्रहरी कार्यलय टीकापुरले बिहिवार दिउसो एक बजे पत्रकार सम्मेलन गरि उक्त घटनामा .उनको दिदि पर्नेले हत्या गरेको कुरा खुलासा गरेको छ।
असार २१ गते ११बजे बिहान हरायका बालक को अनुसन्धानका क्रममामा बुधबार बेलुकी टीकापुर नगरपालिकाको वडा नम्बर ४ बाघमारा क्षेत्रको घुयली सामुदायिक उपभोक्त वनजंगलको विचमा रहेको कुलोमा अट्केको अवस्थामा मृतशरीर बेतको झाडीमा अड्केको अवस्थामा रहेको भेटीएको थियो ।
उक्त घटनामा थप १ जना १४ बर्षीय बालिका पनि दोषी देखिएकोले थप अनुसन्धानला निम्ति१५ बर्ष र १४ बर्ष उमेरला २जना लाई पक्राउ गरि गम्भीर अनुसन्धान भैरहेको छ । यस अधि प्रहरीले मृतक बालकको खुट्टामा लगाएका चादिका बाला मुख्य दोषीकि अर्को १४ बर्षको साथीको घरमा भेटिएकोले घटनामा उनको पनि संघलघ्न भएको हुनसक्ने बताएको छ।
यस घटना बारे अनुसन्धान जारी रहेको एस एस पी बिश्व अधिकारीले बताएका छ्न।

विज्ञापन