अर्थटीकापुर

टीकापुर महोत्सव माघ १५ सम्म चल्ने

बिज्ञापन

टीकापुर ६ माघ टीकापुर उद्योग बाणिज्य संघको आयोजनामा माघ ४ गतेबाट शुरु भएको महोत्सव यहि माघ १५ गतेसम्म चल्ने भएकोछ ।
महोत्सवको उद्घाटन बिहिवार प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठले गर्नुभएको थियो ।
उद्घाटन पछी बोल्ने क्रममा टीकापुर उद्योग बाणिज्य संघले राखेका मागमा आफ्नो ध्यानाकर्षण भएको र सोको संबोधन गर्न भरपुर प्रयास गर्ने बताउनु भयो । टीकापुर एउटा योजनावद्ध सुन्दर शान्त शहर भएको बताउँदै उहाँले त्यसलाई उत्कृष्ट शहर बनाउन आफ्नो प्रयास रहने गर्ने बचनवद्धता व्यक्त गर्नुभएको थियो

अतिथि प्रतिनिधि सभा सदस्य लालविर चौधरीले यो भाषण गर्ने वेला नभई काम गर्ने वेला आएको बताउदै उहाँले अव जनताले भाषण सुन्न छोडीसकेकोले काम गरेर बिस्वस दिलाउनु पर्ने बताए । सुदुरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले व्यापारीहरु चर्को व्याजको मारमा परिरहेका र त्यसबाट छुटकारा गराउन पहल गर्ने बताउनु भयो ।

अर्काअतिथि प्रदेशसभा सदस्य ललिता सुनारले यहाँका जनताले आफूलाई विश्वास गरे जसरी आफू पनि जनतालाई विश्वस्त बनाउन लागिपर्ने प्रतिवद्धता जनाउँदै टीकापुर क्षेत्रको विकासमा जोड दिने बताउनु भयो । संबिधान सभा सदस्य हरीलाल ज्ञवालीले विकास कुनै एउटा व्यक्तिले गर्न नसक्ने बताउँदै विकासमा सामुहिक सहकार्यको प्रतिवद्धता हुन आवश्यक रहेको बताउनु भयो ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले विगतका ५ वर्ष प्रतिनिधिसभा सदस्य विहीन भएको क्षेत्रका जनताले अव प्रतिनिधि सभा सदस्य पाएको र यसले विकासमा टेवा पुग्नेमा आफु आशावादी रहेको बताउनु भयो ।

बिज्ञापन

उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिकाका निवर्तमान प्रमुख तपेन्द्रबहादुर रावल, टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह, टीकापुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमाल, नेपाली कांग्रेसका प्रकाश शाह, नेकपा एमालेका श्याम खत्री, नेकपा माओवादी केन्द्रका सुरेन्द्र देउकर, बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, टीकापुर बहुप्राविधिक शिक्षालयका प्रमुख पारश खड्का लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ ।

संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष सन्तोष खड्काले स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संघका महासचिव नवराज रिमाल र दुर्गा जोशीले गर्नुभएको थियो ।
आयोजकले प्रत्येक पटक महोत्सव मार्फत विभिन्न किसिमका मागहरु राख्ने गरेको छ ।

यसपटक पनि टीकापुर हवाई मैदान सञ्चालन, यातायात कार्यालय र आयल निगमको डिपो स्थापना, केराको पकेट क्षेत्र घोषणा, औद्योगिक क्षेत्र घोषणा, चिसापानी कुइने सडक निर्माण, कर्णाली नदि व्यवस्थापन गर्न तटबन्ध गर्नु पर्ने माग राखेको छ ।

२०६५ सालबाट टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो । यसपटक गरी टीकापुरमा ११ पटक महोत्सव आयोजना हुँदैछ । महोत्सवले आन्तरिक पर्यटन प्रबद्र्धन, मनोरञ्जनसँगै ब्यापारिक विकास र टीकापुरका सम्भाब्यताको खोजी हुने अपेक्षा गरेको छ । माघ ४ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० स्टल छन् ।

बिज्ञापन
बिज्ञापन