June 4, 2023

मालिका समाचार

देशकाे ऐना

टीकापुरमा हाटबजार संचालनको तयारी हुदै

श्रावण ,२७ टीकापुरनगरपालीको हाटबजार सन्चालन नहुदा धेरै किसानले उत्पादन गरेको फलफुल , तरकारी लगायतको बजार नपाएर किसान मर्कामा परेका छन ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

कोरोना सक्रमणको दरमा दिनहु वृद्धि हुदै जादा किसानले स्थानीय बजारमा मात्र सिमितभई मुल्य नपाई रहेकोेले हाटबजार संचालनको तयारी भैरहेको छ ।


चार महिनाभन्दा धेरै समयदेखि बन्द रहेको टीकापुरको हाटबजार संचालनको तयारी थालिएको छ । किसानले उत्पादनको बजार नपाई आर्थिक लगानी खेर गइरहेकोले हाटबजार संचालन समितिले भदौको पहिलो सातादेखि हाटबजार संचालनको तयारी थालेको हाटबजार व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु डगौरा थारुले बताउनुभयो अन्य बजार व्यवसाय भौतिक दुरि तथा सुरक्षा संयमता अपनाएर संचालन भए जस्तै हाटबजार पनि संचालनको लागि टीकापुर नगरपालिका , प्रहरी प्रशासनसंग समन्यव भैरहेको हाटबजार व्यवस्थापन समितिका सचिव मिलन चौधरीले बताउनुभयो।

विज्ञापन

उहाले भन्नूभयो परिस्थिति सहज भए भदौ महिनाको पहिलो सातादेखि सन्चालनको तयारी भैरहेको बताउनुभयो ।
कोरना संक्रमणको संख्यामा कमि नभएकाले तत्काल संचालन गर्न कठिनाइ हुने टीकापुर नगरपालिकाका कृषिसाखाका प्रमुख तुलशिराम सुवेदीले बताउनुभयो ।किसानले स्वास्थ सुरक्षाका उपाय अवलम्बन गरि हाटबजार संचालन गर्ने पहल र समन्वय गर्ने बताउनु भयो। हाटबजारमा टीकापुर , जानकी र जोशिपुरका गरि दुई सय भन्दा धेरै किसान कृषि उपज बिक्रीको लागि आउने गर्छन् ।