आस्था /आध्यात्म

टीकापुरमा होली हेर्नेहरुको भीड

बिज्ञापन

टीकापुर । अहिले टीकापुरको पुरानो हाट बजार मान्छेहरुको भिड लागेको छ । यहाँ प्रत्येक साँझ होली खेलिदै आएको छ । हेर्ने दर्शकहरुको भिड दिनानु दिन बढ्दै गइरहेको छ । फागनु २६ गतेबाट आरम्भ भएको होली खेल हेर्नको लागि टाढा–टाढाबाट दर्शकहरु पुग्ने गरेका छन् । दर्शकहरुमा धेरैजसो युवा–युवती नभएर पाको उमेरका दर्शकहरुको संख्या बढी रहेको छ । अहिलेका युवा समाजले होलीमा खेलीने खेलको त्यति अर्थ बुझ्न नसकेर पनि होला उनीहरुको हेर्ने संख्यामा कमि आएको । टीकापुरमा प्रत्येक वर्ष खेलिदै आएको होली कोराना संक्रमणको अवस्थामा लकडाउनको कारणले दुई वर्ष खेलिएको थिएन ।
आखिर किन खेलिन्छ त होली ?
हिन्दु परम्परामा असत् माथि सत्यको विजय भएको उत्सवका रुपमा मनाइने होली पर्वलाई एक महत्वपूर्ण पर्वको रुपमा लिइने गरिन्छ । पुराणमा प्रसिद्ध त्रेतायुगका भक्त प्रह्लादको जीवनलिला अस्त गर्न लागेकी उनकै फुपु होलिकाले भक्त प्रह्लादलाई आगोमा जलाउन खोज्दा स्वयम् आफै आगोमा जलेर खरानी भएको र भक्त प्रह्लाद सकुशल रहेको कथासँग जोडेर यस पर्वलाई बुझ्ने गरिन्छ । त्यसै घटनाको स्मरण गरी प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमामा होलिका दहन गर्ने प्रचलन पनि रहिआएको पाइन्छ । यसरी असत्य माथि विजयको उत्सवका रुपमा खेलिने होलीमा धार्मिक, पौराणिक, ऐतिहासिक, सामाजिक, प्राकृतिक, दार्शनिक आदि थुप्रै किसिमका गाथाहरु गाउने गरिन्छ ।

वर्तमान सुदूरसपश्चिम प्रदेशमा पनि होलीलाई विशेष महत्वका साथ खेलिन्छ । पूर्णिमाको दुई दिन अघिदेखि खेलिने होलीमा विभिन्न किसिमका होली सम्बन्धी लोकगाथाहरु प्रस्तुत गरिन्छ । होली विशेष गरी सेतो पहिरनमा खेलिने गरिन्छ । यसमा मादल, ढोलक र चिम्टा र मुजुरा जस्ता वाद्ययवादनहरुका साथ होली गीत गउने गरिन्छ । होली नृत्यगेयात्मक विधा भएकाले यसमा होली गाउने मानिसहरु गोलो घेरामा गाउँदै नाच्दछन् भने बीचमा वाद्यवादन र होलीका गीत उठाउने मान्छेहरु हुने गर्दछन् । एकदुई जना होली जान्ने मान्छेछे एक चोटी एक हरफ गाउने र गोलो घेरामा लागेमा मानिसहरुले त्यसैलाई दोह¥याउने गर्दछन् । यस क्षेत्रमा होलीको सुरुवात विशेष स्थानीय देवी देवताको मन्दिरबाट सुरु गरिन्छ भने पछि गाउँघरमा हरेक मानिसको घरमा गएर होली खेल्ने चलन रहिआएको छ ।

बिज्ञापन
बिज्ञापन