राजनीतिविकासस्वास्थ तथा सरसफाइ

अर्थ मन्त्रीको पहलमा टीकापुर अस्पताललाइ अक्सिजन प्लान्ट

बिज्ञापन

जेठ १० टीकापुर
अर्थमन्त्री बिष्णु पौडेलको पहलमा टीकापुर अस्पताललाई पनि अक्सिजन प्लान्ट प्राप्त हुने भएको छ।
संघीयसरकारले टीकापुर अस्पतालको निम्ति अक्सिजन प्लान्ट खरिद तथा जडानका निम्ति ७५लाख रुपैया बजेट स्वीकृत गरेको छ।

यो संगै देश भरिका विभिन्न ११ अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडान स्वीकृत भएका छन।
अर्थ मन्त्रालयले १० जेठ २०७८कादिन तेस्रो चरणको कार्य अन्तर्गत ८पिसिआर मेसिन खरिद गर्न ८ करोड १० लाख बराबरको खरिद प्रक्रिया अगाडि बढाउन स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ।

उक्त सहमति अन्तर्गत टीकापुर अस्पताल लाई ७५लाख रुपियाको बजेट परेको छ। यस अधि टीकापुर अस्पतालमा एक मैनामा कोरोना संक्रमण भइ उपचारको क्रममा ३३जनाको मृत्यु भैसकेको छ भने ५९ जना निको भएर घर फर्किसकेका छ्न । संक्रमण भएर घरमै आइस्वलेसनमा बसेर मृत्यु भएका हरुको भने तथ्यांक हाल सम्म एकिन हुनसकेको छैन।

कैलाली क्षेत्र नम्बर १ जनप्रतिनिधि बिहिन रहेको अवस्थामा यस क्षेत्रका विभिन्न समस्या सहित बिकास निर्माणका कुराहरू लाई लिएर जनताको आवाज संघीय सरकार सम्म पुग्न सकेको छैन । उक्त कुरालाई लिएर यस क्षेत्रका युवाहरूले आवाज उठाइरहेका थिए अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलको पहलकदमी पछि टीकापुर अस्पताललाई अक्सिजन प्लान्ट खरिद तथा जडानका लागी बजेट प्राप्त हुने स्रोतले जनाएको छ।
यस बिषयमा नेकपा एमालेका युवा नेता सम थापाले आफ्नो सामाजिक संजाल (फेसबुक)वालमा मन्त्रालय द्वारा प्रकाशित सहमति पत्र सम्प्रेषण गर्दै स्टेटेस लेख्नु भएको छ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन

Leave a Reply