अर्थ

लालपुर्जा हातमा छ जग्गाको कर तिरेको छ तर उपभोग गर्न पाएको छैन

बिज्ञापन

कैलाली जिल्लाको टीकापुर नगरपालिका भित्र रहेका महँगोमा किनेका जग्गा धनी हरुको पीडा यस्तै छ। सरकारले भुमि सम्बन्धि समस्या समाधान आयोग गठन गरि सुकुम्बासी हरुलाइ देशका विभिन्न ठाउँमा जग्गाको लालपुर्जा हातमा पाउदा खुसी भएका छ्न भने अर्को तर्फ १० बर्ष देखी लालपुर्जा भएका जग्गाको कर तिरेका टीकापुर नगरपालिकाका १६२प्लाटका जग्गा धनिहरुले निकै पिडा झेल्नुपरेको छ।

बिज्ञापन

टीकापुर नगरविकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जैसी को अध्यक्षतामा गठित समिति र गणेश सिह रावलको संयोजकत्वमा गठित उपसमितिले विभिन्न राजनीति दलका अगुवा तथा तत्कालीन नगरविकास समितिका विभिन्न पदमा रहेका व्याक्ती हरुका आफन्त हरुका नाममा वितरण गरिएका जग्गा हरु विक्री वितरण गर्न नपाउने गरि रोक्का राख्न भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट मिति २०६९/०४/११ मा निर्णय भएकोले उक्त मिति बाट टीकापुर मालपोत कार्यलयमा रोक्का रहेका जग्गा हरु वितरकका आफन्तका नाम बाट उल्लेखित मिति पुर्ब नै बिक्री भैसकेका र जग्गा धनी हरुलाक आफ्नो जग्गा अख्तियारमा रहेको जानकारी समेत नरहेको अहिले केहि जग्गा धनी हरु बैकिङ कारोबार गर्न जादा मात्र आफ्ना जग्गा हरु अख्तियारमा रोक्का रहेको थाहा पाएका छ्न। लालपुर्जा आफ्नो हातमा छ राज्यको कर तिरेको छ तर उपभोग गर्न पाएका छैनन् ।

वितरण यसरी भएको भएपनि अहिले तेस्रो देखी सातौ व्याक्ती हरुका नाममा लालपुर्जा प्राप्त छन तर उपभोग गर्न पाएका छैनन् ।

टीकापुर नगरपालिकामा रहेका यस्तै केहि जग्गामा १० बर्ष देखी दुई तले घर बनिसकेका छन तर आफ्नो जग्गा अख्तियारमा रहेको कुनै जानकारी नरहेको जग्गा धनी बताउछन् पछि दाखा भएका प्लट समेत हालै बिक्री बितरण भैरहेका भएपनि हातमा लालपुर्जा भएका जग्गा धनीले भने बैंककिङ कारोबार गर्न पाएका छैनन् आफन्त नजिकैका जग्गा दलाल हरुले आफुलाइ यस्तो जग्गा किन्न लगाएको गुनासो गर्छन।

भुमि सम्बन्धि समस्या समाधान आयोग बनेर सुकुम्बासी हरुलाइ जग्गा वितरण गरिएको भएपनि जीवन भरको कमाइ पुर्ख्याउली सम्पत्ति समेत लगाएर बनाएका घर र जग्गाको भने अझै जग्गा धनीले उपभोग गर्न पाएका छैनन् शहरी विकास मन्त्रालय अन्तरगतको नगर विकास समिति तथा साना सहर शाखाको प्रतिवेदन तयार भैसकेको र मन्त्रालयबाट जाच बुझ टोलि टीकापुर आएर काठमाडौ फर्किसकेको भएपनि अझै जग्गा धनीको जग्गा उपभोग गर्नपाउने अधिकार बाट बन्चित नै रहेका छ्न।

यस्तै टीकापुर का समाजसेवी शिव यज्ञ मगर भन्छन् आफुले २०६५/६६मा टीकापुर नगरपालिका-२ सितापुरमा जग्गा किनेको भएपनि दुई/तीन बर्ष पछि आफ्नो रोक्का गरिएकोमा जानकारी हाल पैसाको आवस्यक पर्दा बिक्री गरौं भनी बिक्रीगर्नलाग्दा थाहापाएकोले आफू निकै पीडित रहेको बताउछ्न साथै उनले भने जग्गा रोक्का हुदा कम्तीमा पनि हामी जग्गा धनिलाइ जानकारी हुनुपर्ने हो तर त्यो भएन यो देशमा दलाल हरुको हालीमुहाली रहेकोले निर्दोषले सधै दुख पाउदै आएको पिडा पोख्छन् ।

त्यस्तै टीकापुर नगरपालिकामा यसरी नै आफुपनि समस्यामा परेर निकै पीडित रहेको चक्रपाणि सापकोटाले बताए , मालीका समाचारको सम्पर्कमा आएका थोरै व्याक्ती हरुका गुनासा हामीले सुन्यौं अझै यस्ता पीडित धेरै छन ।

विश्वका धेरै मुलुक हरुमा आर्थिक संकट आएको बेला नेपालमा घर जग्गा जोड्ने उदेश्यले विदेशीएका नेपाली हरुले भने आफन्त हरुको हातबाट नै ठगिनु परेको छ। झट्ट विस्वासीलो लाग्ने आफन्त भएपनि १० लाखमा पाइने जग्गाको १५ लाखमा आफन्त लाई नै बेच्न लगाइ ५लाख आफुले खाने गरेका थुप्रै व्याक्ती हरु छन राज्यको आखा टाल्न अन्य व्यावसाय गरेजस्तो गरेको भएपनि हेर्दा नदेखिने तर मोटो रकम आउने पेशाको रुपमा जग्गा दलाली रहेकोले थाहा पाई पाई यस्ता दाखा नभएका जग्गा हरु बिक्री बितरण गराइ मोटो रकम पाएको हुनसक्ने पीडितको बुझाइ छ । यसलाई नियन्त्रण गर्न राज्यले पटक पटक विभिन्न कानुन ल्याएको भएपनि उक्ति कानुन लाई छली यस्तोमा व्यावसाय हुने गरेको स्थानीय बताउछन् ।

सरकारले यसलाई बैधानिकता दिनेहो भने यसको स्टेट एजेन्ट कार्यलय दर्ता गर्न लगाइ निश्चित रकम मात्रै कमिसन खानपाइने बनाउदा उच्च पहाडी जिल्लाका शिक्षक र भारत लगायत विभिन्न मुलुकमा रोजगारी गरेर फर्कने हरु ठगिन बाट जोगिने मात्र छैनन् राज्यलाई दलाली गरेको रकमको कर पनि उठ्ने थियो ।

बिज्ञापन