घटना समाचार

टीकापुरको खक्रौलाबाट लागूऔषधसहित पाँच जना पक्राउ

बिज्ञापन

टीकापुर । कैलालीको टीकापुरबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

बिज्ञापन

टीकापुर नगरपालिका–९, खक्रौलास्थित नेपाल भारत सिमानाकामा रहेको प्रहरी चेक पोष्ट नजिक सडक खण्डमा प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ कर्मीडाँडाका १९ वर्षीय कुलराम भन्ने कबिर चौधरी, खक्रौला बस्ने २३ वर्षीय प्रकाश बिक र बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिका–५ जेरा घर भइ हाल टीकापुर नगरपालिका–१ ब्लक नम्बर १३ बस्ने १८ वर्षीय रोहन सिंह रहेका छन् ।

यस्तै टीकापुर वडा नम्बर ९ पायलगाउँ बस्ने १९ वर्षीय रिगल भन्ने रमेश साउँद र भारतको लखिमपुर खिरी ग्राम पञ्चालयत ईन्द्रनगर गाउँ पोष्ट सुरतनगरका १८ वर्षीय हरप्रित सिंह सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नेट्राभेट ट्याबलेट १३० थान, स्पास ट्याबलेट ९ थान र दुई ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन