Uncategorized

सडक स्तर उन्नति कार्यमा ढिलाइ उपभोक्तामा आक्रोश

बिज्ञापन

बैशाख ५ टीकापुर
कैलाली जिल्लाको टीकापुर नगरपालिका बीच बजार एरियामा पर्ने खक्रोला टीकापुर सडक खण्डको स्तर उन्नति कार्यमा ढिलाइ भएका कारण उपभोक्ता हरुले आक्रोश व्याक्त गरेका छ्न।

रोमन के एस कम्पनीले फागुन ६ गते २०७५मा २०७७फागुन सम्म कार्य सम्पन्न गर्ने गरि गरेको सम्झौतामा २०७८ साल सुरु भैसक्दा पनि कार्य सम्पन्न नभएकोमा स्थानीय व्यावसायि तथा सडक उपभोक्ता हरु आक्रोशित बनेका हुन ।

संघीय आयोजना अंतर गत रहेको उक्त सडक स्तरउन्नति कार्यको सम्झौता रकम १३ करोड उनान्नब्बे लाख १९ हजार ७सय ८६रुपियाँ ३० पैसा ब्याट बाहेकको रहेको योजनामा किन यति ढिलाइ भयो भन्ने जनसवाल रहेको छ।
यो बिषयमा टीकापुर नगरपालिका वडा नम्बर १ उक्त सडक छेउमा रहेका व्यवसायी हरुका आक्रोश पुर्ण भनाइ हरु हामीले जस्ताको तस्तै राखेका छौ।

न्यु भट्टराई ट्रेडर्सका प्रोप्राइटर केशव प्रसाद भट्टराई :फागुनमा दुई बर्ष पुगिसकेको यो स्तर उन्नति कार्य ढिलो भएको किन ? समयमा सम्पन्न नहुदा हामी र हाम्रा ग्राहक हरुले सास्ती खेप्नुपरेको छ साथै यो क्षेत्रमा सधै धुलो उड्छ र विभिन्न खालका दुर्घटना पनि हुनसक्ने भएकोले चाडो यो कार्य सम्पन्न होस ।

बिज्ञापन

यमाहा शोरुमका मेनेजिङ डाइरेक्टर हेमन्त रावल : शोरुमको अगाडि ग्राभेल माटो जम्मा पारेको हुदा बेला बेलामा हावा हुरी आउने गरेकोले शोरुममा माटो उडेर आफ्नो नंया मोटरसाइकल पनि पुरानो जस्तो देखिन थालेका छन ग्राहक हरुको बुझाइमा फरक पर्ने र हाम्रो गाडी बिक्रीमा कमि आएको छ।

महेश फेन्सी कपडा स्टोरका प्रो प्राइटर डबल बोहरा : २०७७ सम्म कार्य सम्पन्न हुने भन्ने सुन्नमा आएको तर २०७८लागी सक्दा पनि सडक स्तर उन्नति कार्यमा भएको ढिलासुस्तीले बेच्न राखेका कपडा हरुमा धुलो धुवाँले प्रयोग गरेको कपडा जस्तै देखिन थालेका छ्न। दैनिक उड्ने धुलोले वातावरणीय असर परेर मलाई स्वस्थ्यमा पनि समस्या भएको छ।

हाम्रो नमस्ते ट्रेडर्सका प्रो प्राइटर गणेश जैसी :धुलो धुवाँले व्यावसाय प्रभावित भएको छ चाडो निर्माणकार्य सम्पन्न गर्नुपर्ने पसलको अगाडी पट्टी माटोको ढिस्को जमा परेकोले ग्राहक हरु संगै हामीहरुलाइ पनि असहज भएको छ।

लक्ष्मी कम्प्युटरका प्रो:राजेन्द्र शाह: सडक स्तरउन्नति कार्यको सुरुवात नै गलत ढंगले छ पहिला भएको पिच सडक लाई नभत्काइ छेउछाउमा खनेर सडक खण्डमा पर्न स साना कल्भड हरु बनाइ फेरि पुरानो पिच भत्काउनु पर्ने हो त्यस पछि खन्न सुरु गरेको भए यति धेरै धुलो धुवाँ हुने थिएन धुलो धुवाँको कारण थप रोग निम्तिने पछिल्लो समयमा झन गम्भीर देखिन थालेको कोभिडको समस्या यो धुलो धुवाँले झन जटिल हुनसक्छ ।

एल बि कम्प्युटरका प्रोप्राइटर लालबहादुर चौधरी :सडक निर्माण कार्य चाडै सम्पन्न नहुनाले व्यापार व्यावसायमा असर परेको छ। ग्राहक हरु आफुलाइ सडक छेउमा सहज हिसाबले पुगिने ठाउँमा जानथालेका छन धुलो धुवाँले बजार क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। सडक ढिलो बन्नुको कारण जनताले थाहा पाउने अधिकार पनि हो। के कारणले ढिलो भएको हो?

बजार भित्रका केहि व्यावसायि तथा उक्त सडकका उपभोक्ता हरुका विचार हामीले माथी राखेका छौं गत हप्तामा यही सडकमा गुडिरहेको ट्याक्टरको टायर निस्केर के हि समयको निम्ति सडकमा उहोर दोहोर गर्ने कठिनाइ भएको थियो ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply