Uncategorized

टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा निर्वाचित

बिज्ञापन

टीकापुर, १९ भदौ
टीकापुर उद्योग वाणिज्य संघको सनिवार सम्पन्न निर्वाचन बाट अध्यक्षमा चक्रपाणि सापकोटा निर्वाचित भएका छन् भने पदाधिकारी तथा सदस्य दुबै प्यानल बाट चुनिएका छ्न।
दुई प्यानलसहित मैदानमा उत्रिएका उम्मेदवारहरू मध्ये मिश्रितरूपमा नेतृत्वमा पुगेका हुन् । संघको २३ औं चुनावी साधारण अन्तरगत नयाँ नेतृत्वका लागि शनिवार मतदान भएको थियो ।

जित पछि खुसी साटासाट गर्दै

आइतबार विहान केहीवेर अघि सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सापकोटा आफ्ना निकटतम् प्रतिस्पर्धी तपेन्द्रबहादुर स्वाँरलाई ७० को मतान्तरले पराजित गर्दै तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत रघुनाथ उपाध्यायका अनुसार सापकोटाले खसेको कूल १ हजार ३८ मत मध्ये ४६५ मत ल्याएका छन् भने स्वाँरले ३९५ मत प्राप्त गरेका छन् ।
त्यस्तै अध्यक्षका अर्का स्वतन्त्र प्रत्याशी राजेन्द्रबहादुर शाहले १२५ मत ल्याएका छन् ।

सापकोटा र स्वाँर प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए ।
संघको ६ पदाधिकारी मध्ये अध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष र सचिवमा सापकोटा प्यानलका उम्मेदवारहरूले वाजी मारेका छन् भने उद्योगतर्फको (वरिष्ठ) उपाध्यक्ष, महासचिव र कोषाध्यक्षजस्ता महत्वपूर्ण पदमा स्वाँर प्यानलका उम्मेदवार विजयी भएका छन् ।

बिज्ञापन

सापकोटा प्यानलका कृष्णप्रसाद उपाध्याय बजगाईं वाणिज्यतर्फ उपाध्यक्ष र तपेन्द्र कुँवर सचिवमा विजयी भए भने स्वाँर प्यानलबाट सन्तोष खड्का ‘बाबु’, उद्योगतर्फ उपाध्यक्ष, नवराज रिमाल ‘कलाकार’ महासचिव र लोकेश साउँद कोषाध्यक्षमा विजयी भएका छन् ।

घोषित अन्तिम मत परिणाम अनुसार उद्योगतर्फको उपाध्यक्षमा विजयी स्वाँर प्यानलका सन्तोष खड्का ‘बाबु’ले आफ्ना प्रतिस्पर्धीभन्दा ४५ बढी मत ल्याएर बाजी मारेका हुन् । उनले ४८८ मत ल्याए भने उनका प्रतिस्पर्धी सापकोटा प्यानलका जगतराज चौधरीले ४४३ मत मै चित्त बुझाउनु परेको छ ।

त्यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा सापकोटा प्यानलका कृष्णप्रसाद वजगाईं ६५० मत सहित विजयी भएका छन् । उनी आफ्ना प्रतिस्पर्धी स्वाँर प्यानलका नैनसिंह के.सी.लाई ३३५ को फराकिलो अन्तरले पछि पार्दै विजयी भएका हुन् भने के. सी.ले ३१५ मत ल्याएका छन् ।

त्यस्तै कार्यकारीका दृष्टिले संघको महत्वपूर्ण मानिने महासचिवमा स्वाँर प्यानलका नवराज रिमाल ‘कलाकार’ले ५०८ मत ल्याइ वाजी मारेका छन् भने उनका प्रतिस्पर्धी सापकोटा प्यानलका परमानन्द पाण्डेले ४४३ मत ल्याएका छन् । रिमाल र पाण्डेबीच ६५ मतको अन्तर रहेको छ ।
सचिवमा सापकोटा प्यानलका तपेन्द्र कुँवर ४५२ मत सहित विजयी भएका छन् । कुँवर आफ्ना प्रतिस्पर्धा भन्दा १६० मतको अन्तरमा विजयी भएका हुन् । उनका निकतम् प्रतिस्पर्धी स्वाँर प्यानलका दीपेन्द्र रावल ‘सरकार’ले २९२ मत ल्याए भने स्वतन्त्र उम्मेदवार प्रकाश शाहका पक्षमा २०६ मत आएको छ ।

त्यसैगरी कोषाध्यक्षमा स्वाँर प्यानलका लोकेश साउँद ३६४ मत सहित विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी सापकोटा प्यानलका हरिलाल डगौरा थारूलाई ५४ मतान्तरले पछि पारेका हुन् भने थारूले ३१० मत ल्याएका छन् । उता कोषाध्यक्षकै स्वतन्त्र उम्मेदवार टेकबहादुर स्वडारीले २८२ शानदार मत ल्याएका छन् ।
यद्दपि स्वडारीले आँकलन गरिए भन्दा निक्कै बढी मत ल्याएका हुन् । उनको मत अन्य स्वतन्त्र उम्मेदवार भन्दा सर्वाधिक छ ।

त्यस्तै सदस्यमा समेत मिश्रित नतिजा आएको छ । ८ खुल्ला सदस्यमध्ये सापकोटा प्यानलका ७ र स्वाँर प्यानलका १ विजयी हुने सम्भावना बढेको छ । भने महिला आरक्षित सदस्यमा स्वाँर प्यानलकी टीका शाही विजयी भएकीछिन् ।

सदस्यमा सापकोटा प्यानलबाट प्रकाश उपाध्याय तिमिल्सिना, पृथ्वीराज ढुङ्गाना, दुर्गा साहु, बमबहादुर वली, हेमन्त रावल, स्वाँर प्यानलका लालबहादुर चौधरी, सापकोटा प्यानलका नमराज देवकोटा, र हंशराज रावल विजयीको नजिक छन् । तथापि मतगणना सकिएको छैन ।

कूल मतदाता संख्याः ११६३ खसेको मत १,०३८
संघको निर्वाचनमा कस–कसले कति मत ल्याए ?
अध्यक्षतर्फ
१. चक्रपाणि सापकोटा ४६५ विजयी (७० मतान्तर) सापकोटा प्यानल
२. तपेन्द्रबहादुर स्वाँर ३९५
३. राजेन्द्रबहादुर शाह (स्वतन्त्र) १२५
उपाध्यक्ष उद्योगतर्फ
१. सन्तोष खड्का ‘बाबु’ ४८८ विजयी ( ४५ मतान्तर) स्वाँर प्यानल
२. जगतराज चौधरी ४४३
उपाध्यक्ष वाणिज्यतर्फ
१. कृष्णप्रसाद उपाध्याय बजगाई ६५० विजयी (३३५ मतान्तर) सापकोटा प्यानल
२. नैनसिंह के. सी. ३१५
महासचिवतर्फ
१. नवराज रिमाल ‘कलाकार’ ५०८ विजयी ( ६५ मतान्तर) स्वाँर प्यानल
२. परमानन्द पाण्डे ४४३
सचिवतर्फ
१. तपेन्द्र कुँवर ४५२ विजयी ( १६० मतान्तर) सापकोटा प्यानल
२. दीपेन्द्र रावल ‘सरकार’ २९२
३. प्रकाश शाह (स्वतन्त्र) २०६
कोषाध्यक्षतर्फ
१. लोकेश साउँद ३६४ विजयी ( ५४ मतान्तर) स्वाँर प्यानल
२. हरिलाल डगौरा थारू ३१०
३. टेकबहादुर स्वडारी (स्वतन्त्र) २८२

रेडियो नमस्ते बाट साभार

बिज्ञापन
बिज्ञापन