टीकापुर

बल्ल बन्ने भयो कर्णाली सन्कट्टीमा पक्की पुल

बिज्ञापन

टीकापुर, १७ माघ । टीकापुर बजार नजिक रहेको कर्णाली सन्कट्टीमा पक्की पुल बन्ने भएको छ । जनताहरुका्े निकै लामो प्रतिक्षा पछि टीकापुर नगरपालिका र गेरुवा गाउँपालिका जोडन कर्णाली नदीस्थित सन्कट्टी घाटमा पक्की पुल बन्ने भएको छ । पुल सेक्टर नेपालगञ्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले ७५० मिटर लामो पुल, ५०० मिटर कालोपत्रे बाटो र एक किलोमिटर नदी नियन्त्रणको लागि ठेक्का भएको जानकारी दिनुभयो भण्डारीका अनुसार डिजाइनसहित भ्याट बाहेक एक अर्ब ३ करोडको ठेक्का भएको र ५३ महिनामा काम सम्पन्न हुनेछ पुल बनाउन निर्माण कम्पनीले नै डिजाइन गर्नेछ भने सडक विभागले स्वीकृत गर्नेछ ।

बिज्ञापन

रसुवा कन्सट्रक्सनका साइड इञ्चार्ज कृष्ण ढुङ्गेलले तत्काल पुल बन्ने स्थान चयन गर्ने, माटो परीक्षण गरी अवस्था अनुसारको डिजाइन गरेर यसै आर्थिक वर्षबाट काम शुरु गर्ने बताउनु भयो ।
यहाँबाट दैनिक हजार जति नागरिक डुङ्गाको सहायताले आवतजावत गर्ने गरेका छन् ।

पूर्वपट्टी गेरुवा नदी, निकुञ्जको बफर जोन र पश्चिममा कर्णाली नदीका कारण गेरुवा गाउँपालिकाका बासिन्दाको जनजीवन कठीन छ । यहाँका बासिन्दाले राजमार्गको पहुँच पाउन हुलाकी राजमार्ग जानुपर्दछ । बाटो बनेमा भौरा टापु विकासको मूल प्रवाहमा जोडिनेछ ।

बिज्ञापन