टीकापुर

टीकापुरमा अन्तरविद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आज शुरु हुदै

बिज्ञापन

टीकापुर, १६ । टीकापुरमा अन्तरविद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आजदेखि शुरु हुदै छ । टीकापुरमा हुने नगरस्तरिय अन्तरविद्यालय खेलकुद तथा राष्टपति रनिङ्गशिल्ड प्रतियोगिता २०७९ को तयार पुरा भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिता २ ठाउमा संचालन हुने भएको छ । 
टीकापुर नगरपालिका वडा न. १,२,३ र वडा न.५ का केही विद्यालयहरु विरेन्द्र विद्यामन्दिर टीकापुरको खेल मैदानमा खेलाईने छ भने वडा न. ४,५,६,७,८ र ९ का विद्यालयहरुको प्रतियोगिता राष्टिय मावि वेलुवामा संचालन हुने छन् । 
विरेन्द्र विद्यामन्दिर टीकापुरको खेल मैदानमा हुने खेलमा टीकापुर नगरपालिका अन्तरगतका सामुदायिक र संस्थागत गरी ३१ वटा विद्यालयको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । 
टीकापुरमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक विद्यालय हिमालय मा.वि. घियाका प्रधानाध्यापक बुद्धिराम चौधरीले जानकारी दिनुभयो । यस्तै, राष्ट्रिय मावि वेलुवामा हुने प्रतियोगितामा वडा न.४,५,६,७,८ र ९ का २४ वटा विद्यालयहरु सहभागि हुदै छन् । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक विद्यालय राष्टिय मावि वेलुवाका प्रधानाध्यापक विक्रम धामीले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा १–५, १–८ र ९–१२ तहका विद्यार्थीका लागि छुट्टाछुट्टै ईभेन्टका खेलहरु खेलाईने छन् । प्रतियोगिता २० गते सम्पन्न हुने छ । 

बिज्ञापन
बिज्ञापन