टीकापुरविकास

टीकापुरमा ५ करोड ५४ लाख लागतमा कवर्ड हल सिलान्यास..

बिज्ञापन

टीकापुर १४ चैत
कैलाली जिल्लाको टीकापुर नगरपालिका-१मा टीकापुर नगरविकास समितीको ५करोड ५४लाख बढीको लागतमा कवर्ड हलको सिलान्यास गरेको हो।

सोमबार बार बिहान टीकापुर नगरपालिकाका नगर प्रमुख तथा नगरविकास समितिका अध्यक्ष तपेन्द्र रावल द्वारा कुल५करोड ५४लाख ७२ हजार २८रुपिया ५२ पैसा लागतमा १०हजार बर्गफिट क्षेत्रफलरहेको टीकापुर सिटीहल अगाडि पट्टी नगर विकासको आफ्नै स्वामित्वमा रहेको ८कठ्ठा जग्गामा कवर्ड हलको सिलान्यास गरिएको छ।

सिलान्यासपछी नगर प्रमुख तपेन्द्र रावलले पत्रकार हरु संग कुरा गर्दै भन्नु हुन्छ : लामो समय देखि खेल प्रेमी नगरवासी हरुको महत्त्वपूर्ण मागको रुपमा रहेको कवडहल व्यावस्थित रुपमा डिपिआर तयार गरेर लैजानुपर्छ भन्ने प्लानकासाथ ८कट्ठा जग्गामा आज एकादशीको शुभ दिनपारेर सिलान्यास गरेका हौ नगर विकास समितिको यो आर्थिकबर्षमा २करोड रहेको र लगत्तै डिपिआर तयार गरेर काम सुरु गर्ने योजनामा रहेको भएपनि थप स्रोत आवस्यक पर्न भएकोले बहुबर्षिय योजनामा राखिएको हो साथै यसको कार्य सम्पन्नता करिब डेढ २ बर्षमा गर्ने र थप स्रोतको खोजीगरि कार्यसम्पन्न गर्ने जानकारी गराउनु भयो ।

उक्त कवर्ड हलमा भलिबल ,टेबुल टेनिस ,लगायत इनडोरमा हुने लगभग धेरै खेल खेल्न मिल्ने खालको हलबन्ने बताउनु भयो । सिलान्यास कार्यक्रममा टीकापुर नगरपालिका वडा १का वडा अध्यक्ष गंगाराम आचार्य , वडा नम्बर २ का अध्यक्ष प्रकाश बुढाथोकी ,वडा नम्बर ८का वडा अध्यक्ष दीर्घ ठकुल्ला , लगायत स्थानीय राजनीति दलका प्रतिनिधि ,खेलप्रेमी बुद्धिजीवी ,नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ईलाका प्रशासन कार्यलयका प्रतिनिधि पत्रकार खेल प्रेमी लगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन