आस्था /आध्यात्म

टीकापुर सत्संग भवनमा क्षमा याचना कार्यक्रम सम्पन्न

बिज्ञापन

टीकापुर, १६ पुष । टीकापुर स्थित सन्त निरंकारी सत्संग भवनमा क्षमा याचना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले हामी सबैले जीवनमा यस्तो कार्य गर्नु पर्छ, जसबाट क्षमा याचना गर्नुको आवश्यकता नपरोस । उहाँले क्षमा याचना कार्यक्रम मनाएर मात्र हामी क्षमा योग्य हुन सक्दैनौ । हामीले यस्तो कार्य गरौं जो गुरुको आदेश आउँछ त्यसको पालना गरौ । त्यस्तै मिशनको नीति–नियम अनुसार आफ्नो जीवनलाई अगाडि डोरयाउँछौ भने हामीले यस्तो प्रकारको क्षमा याचना कार्यक्रम गर्नुको आवश्यकता न पर्ने वताउनुभयो । उहाँले मिशनको नीति–नियम, विधान अनुसार हिडेर नेक मानव बन्ने प्रयास गर्नु पर्ने बताउनु भयो ।

उहाँले यस क्षमा याचना कार्यक्रम मिशनमा पहिले दिवसको रुपमा मनाउँदै आएकोमा अब सत्गुरु माता जीको आदेश अनुसार यो कुनै दिवसको रुपमा न मनायर कुनै कार्यक्रमको रुपमा मनाए पनि भयो न मनाए पनि भयो यसमा कुनै बाध्यता न रहेको बताउनुभयो । यो कार्यक्रम मनाउन अहिले मण्डलबाट कुनै स्वीकृति न आएको बताउँदै सन्त समागमको विषयलाई लिएर मात्र हामीले कार्यक्रम न मनाएर मन, वचन, कर्मले सेवादल रुपमा हामी सेवा निभाउँछौ, त्यो हामीबाट बोली, बचन, कर्मलाई मात्र बहाना बनाएर कार्यक्रम बनाउँछौ भने हामी त्यतिमा मात्र सिमित रहन्छौ, हरियाणामा आयोजित विशाल निरंकारी सन्त समागमको कार्यक्रम जुन सत्गुरु माता जीको पावन सानिन्ध्यमा सम्पन्न भयो त्यसमा मात्र त्रुटि नहोस भन्ने धारण राख्ने र अगिपछि जेपनि होस भन्ने भावना हामीमा कहिल्यै नआओस, उहाँले बताउनुभयो ।

अरुलाई केहि भन्नुभन्दा पहिले सोच–विचार गरेर हामीले बोल्नुभन्दा पनि सत्गुरुको जो आदेश आउँछ त्यसलाई सतचन मानेर जीवनमा ढालौं, त्यसबाट मात्र हामीलाई पूर्ण आशीर्वाद पाउन सकिने बताउनुभयो ।

बिज्ञापन

कार्यक्रममा टीकापुर यूनिट नं. २५४ का सेवादलका भाइ–बाहिनीहरु सहभागि भएका थिए भने अन्तमा नियमित रुपमा संचालन हुँदै आएको सप्ताहिक सत्संगको आयोजना गरिएको थियो जसमा विभिन्न सन्त–महापुरुषहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव प्रकट गरेका थिए भने कार्यक्रमको संचालन राजन रेग्मीले गर्नु भएको थियो ।

बिज्ञापन
बिज्ञापन