19/10/2021

मालिका समाचार

देशको ऐना

टीकापुर खानेपानीले घटायो महसुल

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

११ साउन ,टीकापुर टीकापुर सानासहरी खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको वृद्धि भएको महसुल घटाएको छ।

खानेपानीको महसुल वृद्धि भएपछि “हाम्रो टीकापुर हाम्रो अभियान” युवा संजालले आइतबार बिहान सस्थालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । उक्त बिषयलाई लिएर उपभोक्ता हित संरक्षण मञ्च टीकापुर नगर समितिले आइतबार दिउँसो भावना होटलमा टीकापुर क्षेत्रका राजनीति दल सामाजिक अगुवा नागरिक समाज बीच अन्तरक्रिया कार्यक्रम गरि सस्थाका अध्यक्ष भैरव रावल ,सचीव नरेश खत्री सहित प्राविधिक टोलीमाझ वृद्धि भएको महसुले उपभोक्ता लाई मर्का परेको गुनासो राखेपछि सोमबार खानेपानीले संसोधन गरेको महसुल सार्वजनिक गरेको छ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

नयाँ महसुल दर शन्यू देखी १० युनिट सम्म न्युनतम सय रुपैयाँ ,११ देखी २० सम्म प्रति युनिट १५ रुपैया २१ देखि ३० प्रति युनिट २०रुपैया ३१देखि ४० प्रति युनिट २५रुपैया ४१ देखी प्रति युनिट ३० रुपैया महसुल सार्वजनिक गरेको छ।

साथै १० गते भित्र बढेको अवस्थामा खानेपानीको बिल भुक्तानी गरेको भएमा अर्को आउने बिलमा रकम कट्टा गरि मिलाइएने सस्थाका सचिव नरेश खात्रीले मालीका समाचार लाइ बताए ।

सस्थाका अध्यक्ष लगायतको टोलीले सम्पुर्ण उपभोक्ता ,राजनीति दल बुद्धिजीवी ,पत्रकार हरुलाइ सकारात्मक सुझावको निम्ति हार्दिक धन्यवाद ज्ञापन गर्दै यो सस्था यहाँ हरुको आफ्नै रहेकोले सस्था जोगाउन सबैको दायित्व रहेको हुना आगामी दिन हरुमा पनि यस्तै सल्लाह, सुझाव अपेक्षा गरेको बताए ।

विज्ञापन