घटना समाचारटीकापुर

दुई समूहबीच एक आपसमा झडप ५जना घाइते

बिज्ञापन

अप्सरा भट्टराई
टीकापुर २५ श्रावण?
कैलाली स्थित टीकापुरमा दुई युवा समूहबिच शनिबार साझ एक आपसमा झगडा हुदा ५ जना घाइते भएका छन । टीकापुर नगरपालिका वडा न. ६ र वडा न. ९ का युवाहरूबिच एक आपसमा साझ ६:३० तिर झगडा हुदा उनीहरु घाइते भएका छ्न।


यस झगडामा परि वडा न. ६ का दिनेश साउद , किरन रावल र सुरज चौधरी र अर्को समूह वडा न. ९ का तपेन्द्र साउद र भुवन साउद घाइते भएका छन घाइते मध्य दिनेश , भुवन र सुरजको अवस्था गम्भीर रहेकाले उनीहरूलाई टीकापुर सरकारि अस्पतालमा उपचारपछि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यलयका टीकापुरका प्रमुख मधुसुधन न्यौपानेले जानकारी दिनुभएको छ भने घटला स्थल बाट प्रहरिले टिकापुर वडा न. ६ का रवल साउद र लोकेन्द्रलाई नियन्त्रणमा लिएको छ ।


प्रहरीका अनुसार उनीहरू दुई समुहले एक अर्कालाई धारिलो हतियारले प्रहार गरेका थिए ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply