March 27, 2023

मालिका समाचार

देशकाे ऐना

टीकापुर अस्पतालमा अर्थो सर्जन द्वारा अपरेसन सेवा सुरु

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

टीकापुर ३ कार्तिक
टिकापुर अस्पतालमा अर्थो सर्जन द्वारा अपरेसन सुरु भएको छ।
अर्थो सर्जन डाक्टर रेमकुमार राईले सेवा शुरु गर्नुभएको छ। हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर राई शनिबार टीकापुर पुगे संगै उहाँले हिजो पहिलो शल्यक्रिया समेत गर्नुभएको छ ।

यसअघि त्रिशुलीमा कार्यरत डाक्टर राईको आज टीकापुर अस्पताल विकास समितिले पदस्थापन गर्ने तयारी गरेको अस्पतालका अध्यक्ष दीपकबहादुर रावलले जानकारी दिनुभयो ।

विज्ञापन

डाक्टरको सेवापछि हाड जोर्नी सम्बन्धी समस्या भएका टीकापुर तथा आसपासका नगरपालिका गाउपालिका हरुका नागरिकलाई अब टीकापुरमै उपचार सेवा पाइने भएको छ ।

शल्यक्रियाका लागि आवश्यक केही सामग्री अभाव रहेको अस्पतालले मेशिन लगायतका सामग्री खरिद प्रक्रिया शुरु गरिएको छ। उक्त सेवा सुरु संगै संबंधित क्षेत्रका नागरिकले हाड जोर्नी सम्बन्धी समस्या लिएर कोहलपुर र नेपालगञ्ज जानुपर्ने वाध्यताको अन्त्य भएको छ।

अस्पतालले विगत् देखिनै दिँदै आएको विशेषज्ञ बाल रोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, फिजिसियनद्वारा सेवा, भिडियो एक्सरे सेवा, दिँदै आएको र हिँजोबाट हाडजोर्नी विशेषज्ञ सेवा सुचारु भएको हो।