राजनीति

टिकटक हेरिनसक्नु भयो : ओली

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला आन्दोलनलाई विकृतिको बाटोमा जान दिनु नहुनेमा पार्टीको महिला पंतिलाई सचेत गराएका छन् । उनले सामाजिक सञ्जाल टिकटकमा सम्मानित तवरबाट प्रस्तुत हुन पनि महिलाहरुलाई सुझाव दिए ।

पार्टीनिकट अखिल नेपाल महिला संघको कार्यक्रममा बोल्दै ओलीले भने, ‘अहिले यसो टिकटक हेर्‍यो, हेरिनसक्नु छ । आफ्नो सम्मान आफैंले भत्काउने खालका क्रियाकलाप भएका छन् । छिटोछिटो बन्द गरेर टिकटकबाट भाग्नुपर्ने अवस्था छ ।’

ओलीले आफ्नो सम्मान आफैंले भत्काउने खालका क्रियाकलाप नगर्न आग्रह गरे । महिला जागरण र महिला सशक्तीकरणलाई गलतरुपमा व्याख्या गर्न नहुनेमा उनको जोड थियो ।

ओलीले बढीभन्दा बढी महिलाहरु राजनीतिमा आउनुपर्ने बताए । राजनीतिमा पुरुषको तुलनामा महिलाको कार्यसम्पादन उत्कृष्टा देखिएको उनको टिप्पणी छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन