आस्था /आध्यात्म

टुँडिखेलमा माघी महोत्सव, प्रधानमन्त्रीले उद्घाटन गर्ने

बिज्ञापन

काठमाडौं । आज थारु समुदायले काठमाडौंको टुँडिखेलमा महोत्सवको आयोजना गरि माघी पर्व मनाउँदैछ ।

बिज्ञापन

थारु महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो १२ बजे उदघाटन गर्ने कार्यक्रम रहेको महोत्सवका सदस्यसचिव कानुनलाल चौधरीले जानकारी दिए ।

दघाटनअघि वसन्तपुरबाट १० बजेदेखि थारु समुदायको भेषभुषामा सजिएका थारु युवा यवति, कलाकारसहितका प्रतिनिधिले झाँकी प्रदर्शन गर्ने भएका छन् ।

थारु माघी महोत्सव २०७९ मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीका अनुसार झाँकी वसन्तपुर, न्यूरोड, रत्नपार्क, शहिदगेट हुँदै टुँडीखेलमा प्रवेश गर्नेछ । उनका अनुसार हिजो शनिबार महोत्सवमा सुंगुरको मार हानिएको छ । थारु समुदायले त्यसलाई ‘जिता मर्ना’ भन्ने गर्छन् ।

पुसको अन्तिम दिन मासु, माछा तथा अन्य विशेष परिकार बनाएर खाने थारु समुदायले माघ १ गते विहानै स्नानगरी पूर्खाबाट आशीर्वाद लिएर चोखो खानेकुरा खाने गरेको संयोजक चौधरीले बताए ।

आज दिनभरी महोत्सव आयोजना हुने उनको भनाइ छ । महोत्सवमा एकसय स्टल रहेको र स्टलमा विभिन्न थारु परिकार, थारु हस्तकला, भेषभुषा, थारु नृत्य प्रदर्शन हुनेछन् ।

बिज्ञापन