विज्ञापन

डोटी । डोटीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका ७ पोखरीको तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक गौरीगङ्गा नगरपालिका ४ ज्ञान बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा अछामको चौरापाटी गाउँपालिका ३ का नरबहादुर भुल घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
विज्ञापन

ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।
अन्य समाचारहरु
मालपोत कार्यालयअगाडि नवजात शिशुको शव फेला
घरमा १० लाखको ढोका राख्ने डिएसपी अख्तियारको फन्दामा
भाइको निधनले मर्माहत करिश्मा