राष्ट्रिय समाचार

सन्दीपलाई म्याद थपका लागि आज अदालत ल्याइँदै

बिज्ञापन

काठमाडाैं | कात्तिक २, २०७९

नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले हिरासतमा थप राख्नको लागि अनुमति लिने भएको छ । 

अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

असोज २०  गते पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा पहिलो पटक अदालत उपस्थित गराइएको थियो ।

बिज्ञापन

शुरूमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।

दोस्रो पटक थपिएको म्याद मंगलबार सकिए पनि  सरकारी विदा परेकाले बुधबारमात्र अदालत हाजिर गराउन लागिएको प्रहरीको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन