आस्था /आध्यात्म

सन्त निरंकारी मिशनद्वारा सामूहिक विवाहको आयोजना
५४ जोडी विवाह बन्धनमा बाँधिए

बिज्ञापन

दिल्ली, ९ मंसिर । सत्गुरु माता सुदीक्षा जी महाराजको पावन उपस्थितिमा ७५औं वार्षिक निरंकारी समागमको समापन पछि, सन्त निरंकारी मिशनको समाजिक शाखा समाज कल्याण विभागद्वारा बिहीबार विहान ११.०० बजे, ८ मंसिरका दिन एक सामूहिक विवाह समारोहको आयोजना हरियाणाको सन्त निरंकारी अध्यात्मिक स्थल समालखामा गरियो जसमा कुल ५४ जोडी विवाहको पवित्र बन्धनमा बाँधिएका थिए । निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले नवविवाहित दम्पतीलाई आशीर्वाद दिँदै सुखी जीवनको कामना गर्नुभयो । उक्त शुभ अवसरमा मिशनका हजारौं श्रद्धालु भक्त, वर–वधु र उनका आमा–बुवा एवं उनीहरूका अभिभावक तथा परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।

यहाँ साधारण रीतिरिवाजमा परम्परागत जयमालासँगै निरंकारी विवाहको विशेष प्रतीक साझा हार पनि प्रत्येक जोडीलाई मिशनका प्रतिनिधिहरुद्वारा लगाइएको थियो । लवाको समय सत्गुरु माता जीले दुलहा–दुलहीलाई पुष्प–वर्षा गरी दिव्य आशीर्वाद प्रदान गर्नुभयो । उहाँसंगै साध संगत एवं दुलहा र दुलहीका आफन्तले पनि पुष्प–वर्षा गरेका थिए । निश्चित रुपमा यो पक्कै पनि अलौकिक दृश्य थियो ।

मिशनका तेस्रो गुरु बाबा गुरबचन सिंह जीले समाज कल्याण अन्तर्गत सादा विवाहमा विशेष जोड दिनुभयो र उहाँको एउटै उद्देश्य थियो कि हामी सबै व्यर्थ फजुलको खर्च एवं दिखावाको भावदेखि टाढा रहौं । सत्गुरु माता सुदीक्षा जी महाराजले आफ्नो जनकल्याणको यही भावनालाई अगाडि बढाएर सबै भक्तहरूलाई मार्गदर्शन गरिरहनुभएको छ ।

उक्त शुभ अवसरमा भारतका विभिन्न राज्यहरूबाट विशेष गरी असम, चण्डीगढ, दिल्ली, हरियाणा, जम्मु–कश्मीर, महाराष्ट्र, मध्य प्रदेश, ओडिशा, पंजाब, राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र पश्चिम बंगालका कुल ५४ जोडी विवाहमा सहभागी भएका थिए । सामूहिक विवाहपछि निरंकारी मिशनले सबैका लागि खानाको उचित व्यवस्था गरेको थियो ।

बिज्ञापन

नव विवाहित दम्पतीलाई आशीर्वाद दिँदै सत्गुरु माता सुदीक्षा जी महाराजले भन्नुभयो कि मिशनको शिक्षालाई अपनाउँदै ती ईश्वरीय गुणहरूलाई जीवनमा समाहित गर्दै प्रेमपूर्वक गृहस्थी जीवन बिताउनु छ । घर परिवारमा आफ्नो कर्तव्य निर्वाह गर्दै सबैलाई सम्मान गर्ने र मिशनको सिद्धान्तलाई ग्रहण गरी सबैसँग अपनत्व एवं मेलमिलाप पूर्वक बस्नु छ ।

बिज्ञापन
बिज्ञापन