राष्ट्रिय समाचार

विमानस्थलबाट सुन तस्करी गर्ने आठ जना पक्राउ

बिज्ञापन


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट तस्करीको सुन पनि बरामद भएको छ ।

बिज्ञापन

विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब ७० ग्राम सहित दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय दल बहादुर डाँगीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।


यसैगरी काठमाडौं, भन्सार छलि ल्याएको सुन करिब २ सय ग्राम सहित रोल्पा सुनिल स्मृति गाउँपालिका–१ बस्ने ३५ बर्षीय हरि प्रसाद समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इन्टर स्काइको उडानद्वारा कतार दोहाबाट अवुदावी हुँदै काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी विमानस्थलको स्वागत गेटबाट भन्साल छलि ल्याएको सुन करिब १ सय ५० ग्राम सहित महोत्तरी जलेश्वर नगरपालिका–७ का ३३ वर्षीय जमुना महतो समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ओमन मस्कटबाट सलाम एयरको उडानद्वारा काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी पक्राउ गरि भन्सारमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

बिज्ञापन