राजनीति

आरजु देउवाको नाम बाँके–३ बाट सिफारिस

बिज्ञापन

नेपालगञ्ज – बाँके क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, आरजु देउवा राणालगायतको नाम सिफारिस भएको छ।

क्षेत्रीय सभापति नक्की खाँका अनुसार, क्षेत्र नं। ३ बाट केन्द्रीय नेतासहित सबैलाई समेटेर उम्मेदवार सिफारिस गरिएको हो।

प्रत्यक्षतर्फ बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मीनारायण शाह, नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरेको नाम सिफारिस गरिएको छ।

समानुपातिकमा कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगनबहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुन पाण्डे, पुष्प विक र चक्रबहादुर मल्लको नाम सिफारिस गरिएको छ।

बिज्ञापन

बाँकेमा अन्य क्षेत्रले पनि नाम पठाउन थालेका छन्। क्षेत्रले सिफारिस गरी पठाएको नामका विषयमा जिल्लामा निर्णय गरेर प्रदेशमा पठाउने पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन