विज्ञापन

अछाम । अछाम जिल्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् ।
विज्ञापन

मलामी बोकेको ट्याक्टर जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान टोट्केसालमा दुर्घटना हुदा एक जनाको मृत्युभएको हो ।
भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर १ कुईकाका अमरनाथ धमालाको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टरको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा ट्र्याक्टर दुर्घटनामा परेको प्रहरिले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
अन्य समाचारहरु
हत्या आरोपमा पति र ससुरा पक्राउ
राम्री युवती देखाएर ‘हनि ट्रयाप’ गरेको आरोपमा ६ जना पक्राउ
जिउँदो व्यक्तिको मृत्यु दर्ता बनाएर ७ करोडको जग्गा बिक्री, ५ जना पक्राउ