National Election

कैलाली-१ मा उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिताको जित निश्चित, घोषणा हुन मात्र बाँकी

बिज्ञापन

कैलाली । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको जित निश्चित भएको छ, घोषणा हुन मात्र बाँकी । अहिलेसम्म रञ्जिताले २६ हजार १५५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् ।

बिज्ञापन

अब ८ हजार ६११ मत गन्न बाँकी छ । रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन् । एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली–३ मा अन्य पार्टी क्लिन स्वीप गरेको छ ।

बिज्ञापन