Uncategorized

घोडाघोडी महोत्सवमा दर्शक सहभागिता बढ्दो

बिज्ञापन

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा जारी घोडाघोडी महोत्सव २०७९ को तेस्रो दिन शनिवार दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । महोत्सवको तेस्रो दिन शनिवार १० हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ । शनिवार कलाकार अर्जुन कौशल, सुप्रिम मल्ल ठकुरी, पूजा देवकोटा, झरना बोहरा र संसार धामी लगायत राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारको प्रस्तुतिमा दर्शकहरू रमेका थिए ।

घोडाघोडी उद्योग वाणिज्य सङ्घको आयोजनामा “कला सांस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी विकासको आधार” भन्ने नाराका साथ सुखडको हेलि प्याडमा महोत्सव जारी रहेको छ ।

विश्व रामसार सूचिमा पर्न सफल पर्यटकीय क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचारप्रसार गर्न, उद्योग वाणिज्य सङ्घको भवन निर्माणका साथै यस क्षेत्रको सामाजिक विकासमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरीएको छ । फागुन १८ गते बाट सुरु भएको महोत्सव फागुन २८ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । १० दिन सम्म सञ्चालन गरिने महोत्सवमा करिब २५/३० लाख खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान गरिएको आयोजकको दाबी छ ।

बिज्ञापन
बिज्ञापन