August 11, 2022

मालिका समाचार

देशकाे ऐना

रुसले गर्यो युक्रेनमा हवाई आक्रमण, ६ जनाको मृत्यु

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

एजेन्सी । रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा ६ जनाको मृत्यु भएको छ ।

विज्ञापन

अरु आठ जना घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ शहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन् ।

क्षेत्रीय गभर्नरले दिएको जानकारी अनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ । “अहिलेसम्म हामीले कम्तीमा छ जनाको मृत्यु भएको र अरु आठ जना घाइते भएको पुष्टि गर्न सक्छौँ,” उनले भने ।

घटनामा परेका मध्ये केही बालबालिका समेत रहेको पनि उनले जानकारी दिए ।

विज्ञापन