विज्ञापन

एजेन्सी । पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ। एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् ।
विज्ञापन

आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए ।
‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ। मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने ।
मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
अन्य समाचारहरु
अमेरिकासहित विश्वका २० देश युक्रेनलाई हाईटेक हतियार दिन सहमत
दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको जेलेन्स्कीले गरे स्वीकार
बंगलादेश र भारतको बाढी पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु