बिश्व

पूर्वी युक्रेनको एक विद्यालयमा रुसको आक्रमण, कम्तीमा ६० जनाको ज्यान गयो

बिज्ञापन

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट पछिल्लो पटक झन्डै ६० जनाको ज्यान गएको बताउनु भएको छ ।

बिज्ञापन

पूर्वी युक्रेनको एक विद्यालयमा रुसले आक्रमण गरेको र आक्रमणमा परेर झन्डै ६० जनाको ज्यान गएको उहाँले बताउनु भएको हो । रुसले विमानमार्फत बम खसालेको युक्रेनले दाबी गरेको छ । तर, रुसले यो घटनाबारे कुनै पनि प्रतिक्रिया दिएको छैन ।

रुसले सेल्टरको रुपमा प्रयोग गरिएको विद्यालयमा बम खसालेको युक्रेनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बम खसालिएको विद्यालयमा त्यहाँका नागरिक आश्रय लिएर बसेका थिए ।

यसैबीच, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू स्तब्ध रहेको बताउनु भएको छ । उहाँले नागरिकलाई निराश बनाउनु गलत भएको भन्दै घटनाको भर्त्सना गर्नुभएको छ ।

बिज्ञापन