राष्ट्रिय समाचार

गठबन्धन चुनावसम्म मात्र : माधव नेपाल

बिज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन कम्तिमा पनि चुनावसम्म मात्र कायम राख्नुपर्ने धारणा राखेका छन् । केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो उल्लेख गरेका छन्।

“यस गठबन्धन र सहकार्यलाई कम्तिमा पनि आगामी स्थानीय तहको निर्वाचनसम्म मात्रै होइन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता छ । संविधान निर्माणमा सहकार्य गरेका राजनैतिक दलहरुले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ” उनले भने ।

बिज्ञापन
बिज्ञापन