राष्ट्रिय समाचार

रुस–युक्रेन युद्ध देखाएर मूल्यवृद्धि गरेको उपभोक्ता अधिकारकर्मीको भनाई

बिज्ञापन

काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले सरकारकै कमजोरीका कारण महँंगीले उपभोक्ताको ढाड सेक्ने काम भएको बताएका छन् ।

सुरक्षित र समावेशी विद्युतीय कारोवारः उपभोक्ताको अधिकार भन्ने मुल नाराका साथ मनाइएको विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अधिकारकर्मीहरुले सो कुरा बताएका हुन ।
उनीहरुले सरकारले व्यवसायीलाई पेस्ने काम गर्दा पछिल्लो समय अधिकाशं वस्तुको मूल्य आकाशिएर जनता हरेक दिन बजारमा लुटिएको बताएका थिए । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पछिल्लो समय बढ्दै गएको बजार देखेर उपभोक्ता साह्रै पीडित बनेको बताए ।

‘रुस–युक्रेनमा युद्ध भएको आज १८ औं दिन भयो । उता युद्ध सुरुभएदेखि नै त्यसको असर नेपालमा देखिएको छ, रुसका जनताले खाएको पिजाको पैसा नेपाली जनाताले भुक्तानी गर्नुपर्ने अवस्था आयो’, उनले भने, ‘रुसको युद्धलाई दोष देखाउँदै नेपालमा कालोबजारी बृद्धि हुँदा सरकार मौन बस्यो ।’

महंगी बढेको समयमा सम्बन्धीत मन्त्रालयको ध्यान व्यवसायीलाई पोस्नमात्र केन्द्रीत बनेको उनले आरोप लगाए ।

बिज्ञापन

उनले आपुर्ति सचिव नै निरकंकुश र उपभोक्ता मैत्री नभएको बताए । ‘अहिले बजारमा खाने तेलको मूल्य आकाशियको छ, अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढाएर कालोबजारी सुरु भएको छ, मूल्य नियन्त्रण गर्नुपर्ने सचिव सुपारी आयात खुलाउन तर्फ लागे’, उनले भने ।
‘अहिले मंहगी बढेको छ, सरकारको मुख्य मन्त्रालय अन्तर्गत रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रीविहीन बनेको ९ महिना बढी भैसक्यो, सरकारलाई कुनै वास्ता छैन, उनले भने, मन्त्रीविहीन बनेको मन्त्रालयका सचिवहरु पनि मूल्य बृद्धिलाई वेवास्ता गर्दै ठूला व्यापारीको पक्षमा लागेर विवादास्पक निर्णयमात्र गर्न थाले,’ उनले भने ।

अधिकारकर्मी ज्योति बानियाँले उपभोक्ता हितका लागि केन्द्रीय सरकारी नेतृत्वले स्थानीय र प्रदेशलाई उत्तरदायी बनाउन माग गरे । उपभोक्ता अधिकारकर्मी वा केन्द्रीय सरकारी संयन्त्रले दूर दराजको बजार अनुगमन गर्न नसक्ने भन्दै उनले उपभोक्ताको हितमा काम गर्ने संघिय विभागको दुई प्रदेशमा उपस्थिति नै नरहेको बताए ।

अधिकारकर्मी माधव तिमल्सीना सरकारकै कारण व्यवसायीमा मनोपोली बढेको बताए । ‘सम्बन्धीत निकाय लामोसमयदेखि नेतृत्व विहीन हुँदा व्यवसीलाई जे गर्दा पनि हुनेरहेछ भन्ने भान भएको छ, मन्त्रीनहुँदा धेरै नितीगत कामहरु रोकिए,’ उनले भने ।

बिज्ञापन
बिज्ञापन