राजनीति

प्रचण्डले जति फकाए पनि अध्यक्ष यादव समाजवादी केन्द्रमा सहभागी नहुने

बिज्ञापन

काठमाडौं । साना वाम पार्टीहरुको मोर्चाबन्दी गरेर बन्न लागेको समाजवादी केन्द्रमा उपेन्द्र यादव भने सहभागी नहुने भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव चाहिं प्रचण्ड, माधव नेपाल, वामदेव गौतम र बाबुराम भट्टराई सहभागी हुने मोर्चामा नजोडिने अप्रत्यक्ष सन्देश पठाएकाे खबर छ । स्राेत भन्छ, अध्यक्ष यादवले औपचारिक रुपमा  मोर्चामा सहभागी नहुने भनेर बताएका छैनन् तर सहभागी हुने तयारी पनि गरेका छैनन् ।

बिज्ञापन


     वामपन्थी धारका नेताहरुलाई समेट्दा यादवलाई पनि समेट्ने प्रयास भने प्रचण्डले गरेका छन् । प्रचण्डकै प्रयासमा यादव मोर्चामा जोडिने संभावना भएपनि बाबुराम भट्टराईका कारण उनी उक्त मोर्चामा नआउने संभावना बढेको स्राेतकाे दावी छ ।


एकीकृत समाजवादीका एक नेताका अनुसार, उपेन्द्र यादवलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो तर अहिलेसम्म टुंगो भने लागेको छैन । उनले पनि खासै चासो दिएका छैनन् ।


 जसपाका एक नेताका अनुसार,  अध्यक्ष उपेन्द्र यादवको पार्टी बाबुरामको कारणले मोर्चा नआउनुका साथै, उनको पार्टीको आफ्नै अस्तित्व रहेकोले उनी संसदमा दरिलो शक्ति आफै बन्ने प्रयास गरिरहेका छन् ।


त्यस्तो अवस्थामा कम्तीमा चौथो शक्ति बन्ने संभावना भएकोले यादव अहिले मोर्चामा सहभागी हुने संभावना रहेको छैन । मोर्चा तेस्रो शक्ति बनेमा चौथो पार्टी भने जसपा नै बन्ने देखिएको  छ ।


   त्यसैले, उनी समाजवादी मोर्चामा सहभागाी नहुने पनि जसपाका एक नेताले बताएका छन् । लोसपाका केही नेताहरु समेत चुनाव अघि नै जसपामा आउने संभावना रहेका कारण र लोसपा पनि विभाजित हुने अवस्थामा रहेकाे छ । जसका कारण जसपा मधेशको सबैभन्दा बलियो पार्टी बन्ने संभावना रहेकाे छ । त्यसैले, जसपा समाजवादी मोर्चामा सहभागी नहुने पनि ती नेताको दावी रहेको छ ।

बिज्ञापन