August 7, 2022

मालिका समाचार

देशकाे ऐना

नेपाली माथी दुर्ववहार गर्ने पाण्डे पक्राउ

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

प्रवास सम्बादाता: साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमा जन्मेका हुन भनी दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्वयवहार गर्ने एकजना पक्राउ परेका छन् ।

विज्ञापन

पक्राउ परेका व्यक्तिको नाम सन्तोष पाण्डे रहेको भारतको वाराणसी (बनारस) प्रहरीले जनाएको छ ।

विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए ।

विज्ञापन