कृषिटीकापुर

वर्षात र डुबानको कारण किसानको तरकारीवारी नष्ट

बिज्ञापन


श्रावण ,३२
वर्षात र डुबानको कारण अधिकांश किसानको तरकारीबाली नष्ट भएको छ । वर्षा सिजनमा हुने तरकारी बाली धेरै वर्षातको पानी जमेर डुबान हुदा तरकारी बाली नष्ट भएको छ ।किसानको नोक्सानको संगै उपभोक्ता समेत मर्कामा परेका छन ।

टीकापुर बनगाउका किसान खुशीराम चौधरीले जेठ मसान्तमा १० कठ्ठा क्षेत्रफलमा लौका रोप्नुभएको थियो । लौकाको लहरा अहिले झांङ्ग भएका थिए। फुल संगै फल लाग्ने तयारीमा थिए तर सोही लौका बारीमा वर्षातको पानीले डुबान भयो साउने झरिले उहाँले रोप्नु भएको सबै नष्ट लौका बाढि डुबान हुँदा अहिले केही छैन । पानी जमेर सबै नष्ट भएको छ।
बनगांउकै अर्को किसान मानबहादुर चौधरी पनि २ कठ्ठा क्षेत्रफलमा लौका लगाएत अन्य तकारी बाली रोप्न्नुभएको थियोे । पानीले फुलिरहेको तकारी अहिले सखाप भएको छ। बजारमा यो वर्ष राम्रो मूल्य पाइरहेको बेला वर्षातको पानीले डुबान हुँदा धेरै घाटा भएको उहाँले बताउनु भयो ।


व्यवसायिक रुपमा उत्पादन गर्ने किसानको तरकारी बाली वर्षात र डुबानले नष्ट हुदा बजारमा तरकारीको मुल्यमा वृद्धि हुँदै गएको छ गांउघरमै आएका उपभोक्ता आए पनि तरकारी नै नभएको किसानले बताउने गरेका छन । वर्षातको पानीले तोरिङ्गल र भिन्डीलाई खासै असर नगरेता पनि लौका , काक्रा , बोडी , चिचीन्डा लगाएतको तरकारीलाई धेरै असर गरेको जानकी गाउँपालिका वडा न.३ सुर्वणपुरका किसान राम कृष्ण चौधरीले बताउनु भएको छ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply