
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले सरकार र सरकारी निकायमा प्रयोग हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा हिजो सोमवार आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री शर्माले सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग नगर्ने गरी प्रस्ताव तयार भएको उल्लेख गर्नुभयो ।
महँगा एवम् विलासी गाडीको आयात रोक्न पनि प्रस्ताव गरिएको उहाँको भनाइ छ । उहाँले उपभोक्तालाई पनि इन्धनको प्रयोगमा किफायती गर्न आग्रह गरिएको र त्यसमा प्रोत्साहित गरिने स्पष्ट पार्नुभयो ।

मुख्यसचिवको नेतृत्वमा विभिन्न विषयमा अध्ययन भइरहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी रोक्न र वैदेशिक लगानी भित्र्याउनका लागि हेजिङलगायत दीर्घकालीन निर्णय पनि गरिने स्पष्ट पार्नुभयो । अनावश्यक आयात निरुत्साहनका लागि आवश्यकताका आधारमा कदम चालिएको उहाँको भनाइ छ ।
अर्थमन्त्री शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा सङ्कट आएको भनेर अनावश्यक हल्ला गरिएको पनि बताउनुभयो । कोरोना कहर तथा रुस र युक्रेनको सङ्घर्षका बाबजुद पनि अर्थतन्त्र सकारात्मक दिशामा गएको उल्लेख गर्दै उहाँले जसरी गलत प्रचार गरिएको छ, त्यसले कोही कसैलाई पनि फाइदा नगर्ने बताउनुभयो ।

अन्य समाचारहरु
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मेयर बालेन
अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै