August 11, 2022

मालिका समाचार

देशकाे ऐना

भरतपुर महानगरपालिकाको प्रमुखमा एमालेबाट सुवेदीको उम्मेदवारी

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) ले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
महानगर कमिटीको हिजो सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले जानकारी दिनुभयो ।

विज्ञापन

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले सोही नामलाई मात्रै प्रदेश कमिटीमा पठाउने बताउनुभयो । प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेको सिफारिसका आधारमा केन्द्रले उम्मेदवार निर्णय गर्नेछ ।

सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख (सचिव) भइसक्नुभएको छ । हाल उहाँ पार्टीको बागमती प्रदेश सचिव हुनुहुन्छ । सुवेदी भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ (ख) बाट बागमती प्रदेशसभा सदस्य हुनुहुन्छ ।

उहाँ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । सुवेदी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका कार्य प्रशंसनीय छन् ।

विज्ञापन