राजनीतिव्याक्ती बिशेष

स्वयंसेवक भएर काम गर्ने हमालको प्रतिबद्धता

बिज्ञापन

धनगढी । चिरपरिचित ब्यापारी गोपी हमालले आफू मेयरमा जितेपछि स्वम सेवक भयेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयेको छ । पछिल्लो ६ महिनाको अवधिमा म धेरैको घरमा गए। सबैलाई, चुनाव लड्ने वा नलड्ने, लडेपछि के बाट लड्ने र तपाईं सहयोग गर्नुहुन्छ की गर्नुहुन्न ? भनेर मैले यी तीन प्रश्न गर्थे। जसले मैले मत सर्वेक्षण गरे। मलाई अधिकांश साथीहरु र अभिभावहरुले तपाईंलाई हामीले स्वतन्त्रै रुपमा लिएका छौ र तपाईं स्वतन्त्र नै हुनुहोस भनेर भन्नुभयो। मैले सोही कुरालाई शिरोधार्य गरेर स्वतन्त्र हुने निर्णय गरे उहाँले बताउनुभयो ।

उहाँले अगाडी भन्नुभयो, म हरेक धनगढीवासीको मत र विश्वासले जित्न चाहन्छु। धनगढी मात्र होइन यो भूगोलभन्दा बाहिर बसेका, जसले सुदूरपश्चिम र धनगढीलाई माया गर्नुहुन्छ, उहाँहरुलाई साथमा लिएर धनगढीको दिगो विकास गर्ने र सबैलाई न्याय गर्ने पक्षमा म उभिएको छु। म यहाँ कसैको पनि आलोचना गर्न चाहन्न। जस्तो राजनीतिक पार्टी छ मान्छे सोहीअनुसार ढल्ने हो । त्यसैले, अब हामीले नयाँ कुराको सुरुवात गर्न आवश्यक छ।

बिज्ञापन
बिज्ञापन