विज्ञापन

काठमाडौ । विवेकशील साझा पार्टीको कार्यालय बखुण्डोलमा असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरेपछि रवीन्द्र मिश्र पक्षले अवरोध गरेको छ ।
कार्यालय परिसरमा पत्रकार सम्मेलन सुरु हुदै गर्दा मिश्र पक्षले नाराबाजीसहित अवरोध गरेको हो ।
विज्ञापन

त्यसक्रममा तैनाथ सुरक्षाकर्मीले सो पार्टीका नेता कार्यकर्तालाई बाहिर निकालेको छ । मिश्र पक्षले गुटको भेला गर्न पाइँदैन भन्दै चर्को नाराबाजी गरेको थियो भने सो क्रममा असन्तुष्ट पक्षले पनि संस्थापनविरुद्ध नाराबाजी गरेको थियो ।
सो पार्टीका निर्देश सिलवाल नेतृत्वको समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो समुहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्न लागेको भन्दै मिश्र पक्षले पत्रकार सम्मेलनमा अवरोध गरेको हो ।
अन्य समाचारहरु
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
जनता क्याम्पसमा समाजवादीनिकट अनेरास्ववियुका यावद बिजयी
सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी