विज्ञापन

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पडाही क्षेत्रको मौसम सुधार हुन थालेको छ । हिजो अस्ति यतिबेला काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने गरेको थियो ।
आज भने मौसम आंशिक मात्रै बद्ली भएको र बिहानैदेखि घाम लागेको छ । मौसमविद् हिरा भट्टराईकाअनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव कमजोर बन्दै गएकाले मौसममा सुधार हुन थालेको हो । यो प्रणालीको प्रभाव हट्दै जाने भएकाले दिउँसोदेखि मौसम पूर्ण रुपमा खुल्ने पनि उहाँले बताउनुभयो ।
विज्ञापन

यस्तै, आज बेलुका पनि वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका एक दुई ठाउँमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रि मनसुनको समय भएकाले पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षको सम्भावना रहेको मौसमविदको भनाई छ ।
अन्य समाचारहरु
कुन्जनाको अनुनय- कि सफाइ देऊ, कि सजाय
पूर्वराजा-राप्रपा संवाद: २०६३ सालको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्ने निष्कर्ष
सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा