Climate

देशभरको मौसममा बदली, वर्षाको सम्भावना

बिज्ञापन

काठमाडौँ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ ।

बिहान मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिज्ञापन

आज राति प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ । प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले ती क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिज्ञापन
बिज्ञापन